विद्यालयमा मानव बेचबिखन नियन्त्रण अभियान

लेखनाथ ।
पोखरा महानगरपालिका वडा नम्बर ३२, राजाको चौतारामा रहेको ब्रह्म रुपा माध्यमिक विद्यालयमा मानव बेचबिखन नियन्त्रणका लागि हाम्रो अभियान सञ्चालन भएको छ ।
बढ्दो मानव बेचबिखनलाई नियन्त्रण गर्ने अठोटका साथ पोखराको थ्री एञ्जल्स नेपालले सचेतना अभियान गरेको हो । मानव बेचविखनको मारमा विशेषत १६ वर्षदेखि २५ वर्ष उमेर समूहका युवायुवती पर्ने गरेको अवस्थालाई दृष्टिगत गरी विद्यालयमा सचेतना अभियान सुरु गरिएको संस्थाका इन्चार्ज धीरेन्द्र विकले जानकारी दिए ।
पछिल्लो समयमा मानव बेचबिखनमा नयाँ–नयाँ प्रयोग बढ्दै जानु चुनौतीपूर्ण बनेको भन्दै संस्थाले प्रयोगात्मक विधिको माध्यमबाट यस सम्बन्धमा सचेतना प्रदान गरेको हो । प्रत्येक विद्यालयमा ७५ देखि १२० जना विद्यार्थीलाई १५/१५ जनाको दरले समूहमा विभाजन गरी खेलका माध्यमबाट ७५ मिनेटको समयावधिमा मानव बेचबिखन सम्बन्धमा जानकारी गराउने गरिन्छ । संस्थाले विद्यालय, सशस्त्र प्रहरीबल, क्लब, आमा समूह आदि विभिन्न संघसंस्थामा यस प्रकारको विधिको प्रयोगात्मक अभ्यास गराउदै आएको छ ।
तपाईको प्रतिक्रिया