एओएसमा विद्यार्थीको प्रस्तुतिकरण

समाधान संवाददाता २०८० भदौ १४ गते १७:२७

पोखरा ।

Advertisement

पोखरा १७ घारीपाटनमा रहेको एसओएस हर्मन माइनर माविमा बुधबार १० कक्षाका विद्यार्थीले आफ्नो प्रस्तुतिकरण प्रदर्शन गरेका छन् । नियमित पढाइसँगै विद्यार्थीको सहक्रियाकलापमा जोड दिँदै आएको विद्यालयले बुधबार कक्षागत रूपमा प्रस्तुतीकरण राखेको हो ।


कक्षा १० का विद्यार्थीले श्रव्यदृश्य सामग्रीसहित प्रस्तुति राखेको विद्यालयका प्राचार्य फुर्वु ठिन्लेले जानकारी दिए । विद्यार्थीको समूहगत र एकल प्रस्तुतीकरणले कार्यक्रम ज्ञानवद्र्धक, रोचक र उपलब्धिमूलक रहेको उनको भनाइ छ । निममित पाठ्यक्रम र अतिरिक्त कार्यक्रमलाई फरक ढंगले जोड दिँदै आएको विद्यालयमा हरेक कक्षाका विद्यार्थीले एकल र समूहगत प्रस्तुतीकरण एवं प्रदर्शनी गर्ने गरेका छन् ।


त्यसै अनुरूप बुधबार १० कक्षाका विद्यार्थीले हार्ट अट्याक, बे्रस्ट क्यान्सर, कन्जक्टिभाइटिस, वम्र्स, लेप्रोसी, पोलियो, लम्पी स्कीन, स्मल पक्सका बारेमा प्रस्तुति राखेका हुन् । सो अवसरमा उनीहरूले यी रोग र संक्रमणका लक्षण, कारण, असर र रोकथामबारे श्रव्यदृश्य सामग्री, वृत्तचित्र र प्रस्तुति राखेको विज्ञान शिक्षक दीपकराज बरालले जनाए ।

सो अवसरमा विद्यार्थीहरूले ब्लड ग्रुप डिभिजन, स्वस्थ जीवनयापन कसरी गर्न सकिन्छ भन्ने बारेमा ज्ञानवद्र्धक सामग्रीसमेत गरेका थिए । सो अवसरमा विभिन्न सांस्कृतिक नृत्य, गायनसमेतको विद्यार्थीको कला एमं क्षमता प्रदर्शनीले कार्यक्रम रोचक बनेको विद्यालयका नेपाली शिक्षक अमृत घिमिरे बताउँछन् ।

Advertisement

तपाईको प्रतिक्रिया