ला ग्रान्डी कलेजमा उद्यमशीलता तालिम

समाधान संवाददाता २०८० भदौ १८ गते ११:०३

पोखरा ।
ला ग्रान्डी इन्टरनेसनल कलेज र नबिल बैंकको साझेदारीमा सामाजिक उद्यमशीलतासम्बन्धी तालिम आयोजना गरिएको छ । नबिलको नबिल स्कुल अफ सोसल इन्टरप्रनरसिपको दोश्रो संस्करणको समापन शनिबार भएको हो ।

Advertisement


कार्यक्रममा गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्ण देवकोटाले युवालाई लक्षित गर्दै तालिम हुनु प्रशंसनीय भएको जनाए । डा देवकोटाले युवा विदेश जाने र नफर्कने क्रम बढ्नु चिन्ताको विषय भएको जनाए । नेपाल च्याम्बर अफ कमर्स गण्डकी प्रदेश अध्यक्ष किसान सुनारले आफंैमा सीप विकास भएमा आत्मनिर्भर भएरअघि बढ्न सक्ने र समृद्धिको मार्ग प्रशस्त हुने सुनाए ।


कलेजका प्रिन्सिपल ई किरण केसीले २४ वर्षदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएकोमा अहिले सामाजिक उत्तरदायित्व वहन गर्दै तालिम आयोजना गरिएको जनाए । गण्डकी प्रदेशका १८ वर्ष पुगेका सबैले प्रशिक्षणमा सहभागी हुन पाउने जानकारी दिँदै उनले तेस्रो संस्करणको आवेदनसमेत खुला भएको घोषणा गरे ।


कार्यक्रममा प्रशिक्षकको तर्फबाट कल्पना ज्ञावली, लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ एल नेपालका जोन ८ का जोन चेअरपर्सन बिजेन्द्र शर्मा लगायतले बोलेका थिए । तालिममा २१ सेसन सञ्चालन गरिएको कलेजका उपप्राध्यापक तथा तालिम संयोजक अमृत पौडेलले जानकारी दिए । यो कलेजमा स्नातक तहको आइटीतर्फ बिसिए, व्यवस्थापनमा बिबिए र जनस्वास्थ्यमा बिपिएचको पढाइ हुन्छ ।

Advertisement

तपाईको प्रतिक्रिया