विद्यालय सुधारका लागि काठमाडौं विश्वविद्यालयसँग सम्झौता

समाधान संवाददाता २०८० भदौ १९ गते १३:०२

पोखरा ।
विद्यालय सुधारका लागि पोखराका ४ विद्यालय र काठमाडाैं विश्वविद्यालयका बिच शनिबार सम्झौता भएको छ । कन्टिन्युइङ एन्ड प्रोफेशनल एजुकेसन प्रोग्राम अन्तर्गत काठमाडौ बिश्वबिद्धालयका तर्फबाट विश्वविद्यालयका स्कुल अफ एजुकेसनका डिन प्राडा बालचन्द्र लुइँटेल र पोखरा ४ विद्यालयका प्रधानाध्यापकहरुले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

Advertisement


पोखरा–८, न्युरोडको लक्ष्मी आवासीय माध्यमिक विद्यालय (एलए) का प्रधानाध्यापक डा. विश्वयुधीर पौडेल, पोखरा–२६, बुढीबजारको जुनियर सिटिजन एकेडेमी (जेसिए)का प्रधानाध्यापक सुन्दर ढकाल, पोखरा–१७, बिरौटाको बालोदय बोर्डिङ स्कुलका प्रधानाध्याक टेकनाथ पौडेल र पोखरा–९, न्युरोडको बालप्रभात माध्यमिक विद्यालयका प्रधानाध्यापक डिल्लीराम अर्यालले संयुक्त रुपमा हस्ताक्षर गरेका थिए ।


सम्झौता अनुसार काठमाडौ विश्वविद्यालयको सहकार्यमा यस क्षेत्रको शैक्षिक विकासमा योगदान पुर्‍याउने छ । सो योजनाको ४ विद्यालयका प्रतिनिधिहरुको एलायन्स फर एजुकेसनल एक्सिलेन्स गठन (एइसी) गरिएको पनि थियो ।


अबको शिक्षा ज्ञानमा मात्रै सीमित नभई सीपसहितको शिक्षा आजको आवश्यकता रहेको कारण यो सम्झौता गरिएको एलएका प्रधानाध्यापक डा विश्वयुधीर पौडेलले बताए । त्यस अवसरमा विद्यालयका प्रधानाध्यापक, विषयगत शिक्षकहरुको सहभागिता थियो ।

Advertisement

तपाईको प्रतिक्रिया