योगेन्द्र मा.वि.ले मनायो ७३ औं वार्षिकोत्सव

समाधान संवाददाता २०८० भदौ २६ गते १७:०७

जोमसोम—मुस्ताङकै जेठो विद्यालयको रुपमा स्थापित थासाङ—१ टुकुचे स्थित योगेन्द्र माध्यमिक विद्यालयले ७३ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ ।
मुलुकमा जहाँनिया राणा शासनको अन्त्य र प्रजातान्त्रिक व्यवस्था सुरु भएसंगै २००७ साल भदौ २६ गते योगेन्द्र माध्यमिक विद्यालय जनता प्राथमिक विद्यालयको रुपमा स्थापना भएको थियो ।
२००७ सालमा स्थापित विद्यालय २०१३ सालमा टुकुचे निम्न माध्यमिक विद्यालयको रुपमा स्थापना भयो ।२०४३ सालमा विद्यालयको नाम परिवर्तन गरी प्रस्तावित योगेन्द्र माध्यमिक विद्यालयको रुपमा परिणत भयो । यसपछि प्रस्तावित विद्यालय ७ वर्षपछि २०५० सालमा माध्याकि विद्यालयको रुपमा स्वीकृति प्राप्त ग¥यो । यसैगरी योगेन्द्र माध्यमिक विद्यालयले माध्यमिक तह स्वीकृत भएको १२ वर्षपछि कक्षा ११ र १२ को कक्षा संञ्चालनको स्वीकृति पायो ।
२००७ सालमा स्थापित विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा ईन्द्रमान तुलाचन थिए भने प्रधानाध्यापक महेन्द्र शेरचन थिए । निकै लामो ईतिहाँस भएको मुस्ताङकै जेठो विद्यालय योगेन्द्र माध्यमिक विद्यालय संघीयतापछि जिल्लाकै नमूना विद्यालयको रुपमा सूचिकृत भईसकेको छ ।
योगेन्द्र माध्यमिक विद्यालयमा २ वटा भवनमा ३२ वटा कक्षाकोठा छन् । विद्यालयकाृ ३ वटा छात्रावास भवन छन् ।जसमा ३४ वटा छात्रावास कोठा छन् । विद्यालयमा हाल २३८ जना विद्यालयले शैक्षिक पठन÷पाठन गर्दैआईरहेका छन् ।
२०६६ सालमा पछिल्लो पटक वार्षिकोत्सव मनाएको योगेन्द्र माध्यमिक विद्यालयले त्यसयता भने विभिन्न कारणले वार्षिकोत्सव मनाउन सकेको थिएन ।योगेन्द्र माध्यमिक विद्यालयले यसपटक १४ वर्षपछि आफ्नो विद्यालयको भव्य वार्षिकोत्सव मनाएको विद्यालयका प्रधानाध्यापक गोविन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ।
टुकुचे स्थित योगेन्द्र्र माध्यमिक विद्यालयको खुल्ला प्राङ्गणमा आयोजित ७३ वार्षिकोत्सव समारोहमा विद्यालयको शैक्षिक तथा भौतिक लगायत विद्यालय समग्र विकासमा उल्लेखनीय योगदान पू¥याएपनि टुकुचेका शिक्षाप्रेमी द्धय रत्नप्रसाद ज्हावारचन र दीपसागर थकालीलाई दोसल्ला ओढाएर अभिनन्दन गरिएको छ ।थासाङ गाउँपालिका अध्यक्ष प्रदीप गौचन,वडाध्यक्ष सुरेश थकाली,कार्यवाहक अध्यक्ष निर्झरमान शेरचन र प्रअ श्रेष्ठले सयुक्त रुपमा अभिनन्दन गरेका हुन् । यसैगरी विद्यालयले लामो समयदेखि विद्यालयको शैक्षिक पठन÷पाठनमा योगदान दिएवापत विभिन्न शिक्षकहरुलाई दीर्घ सेवा सम्मान गरिएको छ ।
यसगरी विद्यालयको वार्षिकोत्सवका अवसरमा २ दिनसम्म विभिन्न खेलकुद तथा शैक्षिक कार्यक्रम संञ्चालन गरेको थियो । वार्षिकोत्सव समारोहमा विभिन्न खेलका विजेता तथा शैक्षिक क्रियाकलाप उत्कृष्ट विद्यार्थीहरुलाई विद्यालयले नगद तथा प्रमाणपत्रले पुरस्कृत ग¥यो ।
यसअघि योगेन्द्र माध्यािक विद्यालयको ७३ औ वार्षिकोत्सवको थासाङ गाउँपालिकाका अध्यक्ष प्रदीप गौचनले दीपप्रज्वलन गरी उद्घाटन गरेका थिए । विद्यालयको वार्षिकोत्सवमा विद्यालयका प्रधानाध्यापक गोविन्द्रप्रसाद श्रेष्ठले आर्थिक वर्ष २०७९÷०८० को आर्थिक,भौतिक र शैक्षिक वार्षिक प्रतिवेदन सार्वजनिक गरे ।

Advertisement

वार्षिकोत्सव समारोहमा विद्यालयलका विद्यार्थीहरुले विभिन्न नृत्य प्रस्तुत गरेका थिए

तपाईको प्रतिक्रिया