लायन्स अन्नपूर्णद्वारा ४ लाखको छात्रवृत्ति

समाधान संवाददाता २०८० मंसिर ३ गते १३:०६

पोखरा ।
लायन्स क्लब पोखरा अन्नपूर्णले २२ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । लायन्स क्लब इन्टरनेसनल ३२५ जे का डिस्ट्रिक गभर्नर हरिप्रसाद मरहट्टाले ४ लाख ७ हजार विद्यार्थीहरुलाई हस्तान्तरण गरे ।

Advertisement


लायन्स क्लब अन्नपूर्णले जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ । त्यस क्रममै २३ औंपटक छात्रवृत्ति हस्तान्तरण भएको हो ।


लायन्स क्लबका मल्टिपन कोडिनेटर तथा पूर्वगभर्नर ध्रवबहादुर थापाले डिस्ट्रिक जे को एक परिपक्क क्लबले निरन्तर २३ वर्षसम्म सहयोग गरेर विद्यार्थीलाई सहयोग गर्नु उत्कृष्ट कार्य भएको बताए ।


डिस्ट्रिक फस्ट भाइस गभर्नर मिलन थापाले डिस्ट्रिकको पुरानो क्लबले सामाजिक क्षेत्रमा खानेपानी, स्वास्थ्य र शिक्षाको क्षेत्रमा उल्लेख्य योगदान गरेर उदाहरण प्रस्तुत गरेको बताइन् ।


कार्यक्रम संयोजक सोनाम साङपोले २३ वर्षसम्म लगातार गरी करिब १ करोड रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको जानकारी गराए । डिस्ट्रिक चिफ एडभाइजर प्रजापति बास्तोलाले क्लबले हरेक क्षेत्रमा गरेको कामको डिस्ट्रिकमा मूल्यांकन हुने विश्वास व्यक्त गरे ।

Advertisement


सो अवसरमा दृष्टिविहीन विद्यार्थी लीलबहादुर गुरुङले लायन्स क्लबले ६ वर्षदेखि छात्रवृत्ति प्रदान गरी हाल स्नातक पढाई पूरा गरी शिक्षण पेशामा लागेको सुनाए । जोन चियर पर्सन सुजन श्रेष्ठले अन्नपूर्ण क्लबको काम अन्य क्लबले पनि अनुसरण गर्नुपर्ने औंल्याए । सो अवसरमा प्रथम उपाध्यक्ष गणेश छविले स्वागत भाषण र कार्यक्रमको सभापतित्व क्लबका अध्यक्ष विष्णुकुमार गुरुङ र कार्यक्रम सञ्चालन सचिव दुर्गा जोजिजुले गरेका थिए ।

तपाईको प्रतिक्रिया