पोखरा बहुमुखी क्याम्पसको वार्षीकोत्सव

पोखरा ।
पोखरा बहुमुखी क्याम्पसको ३७ औं वार्षीकोत्सव बिहीबार एक समारोहका विच सम्पन्न भएको छ । वार्षीकोत्सवमा विद्यार्थी, क्याम्पस प्रशासन, संचालक समिति, क्याम्पस स्थापना लगायत क्याम्पसको उन्नती प्रगतिका लागि योगदान दिने व्यक्तित्व, चन्दादाता, अक्षयकोष तथा पुरस्कार स्थापना गर्ने बिभिन्न व्यक्ति, संघ संस्था, तथा अन्य सरोकारवालाको सहभागिता थियो ।
वार्षीकोत्सव समारोहकै विच क्याम्पस उन्नतीका लागि योगदान दिने सामाजिक व्यक्तित्व लगायत विद्यार्थीकाे प्रतिभा प्रस्फुटन , नेतृत्व तथा व्यक्तित्व विकासका लागि क्याम्पसले विभिन्न समयमा आयोजना गरेका प्रतियोगितामा विजयी विद्यार्थीहरुलाइ पुरस्कृत तथा सम्मानीत गरिएको थियो ।
यसैविच वार्षीकउत्सवको उद्घाटन गर्दै विश्वबिद्यालय अनुदान आयोगका प्रमुख, प्राध्यापक डा. देबराज अधिकारीले सामुदायिक क्याम्पसहरुले अनुसन्धालाइ प्राथमिकता दिनेहो भने यस्ता क्याम्पसमा शिक्षाको गुणस्तर बढ्ने बताए । विद्यार्थीलाइ गुणस्तरिय शिक्षा दिनकालागि प्राध्यापकको गुणस्तर बढाउनुपर्ने र यसकालागि प्राध्यापकहरुले अनुसन्धानमुलक काम गरेकै हुनुपर्छ भन्दै उनले पोखरा बहुमुखि क्याम्पसले यस्ता काममा क्रमीक रुपमा प्रगती गर्दै गएको भन्दै शुभकामना व्यक्त गरे ।
उनले पछिल्लोक्रममा देशको राजनितिक, आर्थीक लगायतका बिभिन्न परिस्थीतिका कारण युवा जनसक्ती विदेश पलायन भइरहेको यथार्थ औंल्याए । “युवा विदेशीनुको प्रत्यक्ष असर सामुदायिक क्याम्पसमा परेको छ , यसलाइ रोक्न अव शिक्षाको गुणस्तर अत्याधिक बढाउनुको विकल्प छैन” प्रमुख अतिथि प्रा.डा. अधिकारीले भने । उनले शिक्षाको गुणस्तर र स्वदेशमै शैक्षिक करियर मा विद्यार्थीलाइ आकर्षीत गर्न सघाउने उद्देश्यले बिश्वबिद्यालय अनुदान आयोगले आफ्नो ऐन समेत परिमार्जन गर्न लागेको जानकारी दिए । देशकै अग्रणी विश्वविद्यालय त्रीभुवन विश्वविद्यालयले आत्मसमिक्षा गर्नुपर्ने सुझाउँदै उनले अवका दिनमा शिक्षाको गुणस्तर मापन गरिसकेपछि मात्र सम्बन्धन दिने पद्दती विकास गर्नु पर्ने पनि बताए ।
वार्षीकोत्सव समारोहमा पोखरा बहुमुखी क्याम्पसको वार्षीक प्रतिवेदन प्रस्तुत गर्दै क्याम्पस प्रमुख शिशुकला पराजुलीले गुणस्तरिय शिक्षा का लागि क्याम्पसले गरिरहेको प्रयासमा हौसला र सहयोगको हात बढाउने संपुर्ण सरोकारवालालाइ धन्यवाद दिइन् । उनले पछिल्लो क्रममा विद्यर्थाीहरु शैक्षिक तथा अतिरिक्त क्रियाकलापका लागि निकै जागरुक भएको जनाउँदै उनिहरुको उज्जल भविष्यका लागि क्याम्पस अहोरात्र खटिइने प्रतिवद्धता जनाइन् ।
कार्यक्रममा पोखरा महानगरपालिकाका निवर्तमान मेयर मानबहादुर जीसीले सामुदायिक क्याम्पसहरुले समय समयमा बिभिन्न क्षेत्रमा अनुभवि व्यक्तित्वहरुका अनुभव विद्यार्थीलाइ बाँड्ने पद्दतीको विकास गर्नेहो भने विद्यार्थीहरुले स्वदेशमा अवसरका क्षेत्रहरु पहिल्याउन सक्ने बताए । निवर्तमान मेयर जीसीले , पोखराको सबैभन्दा जेठो सामुदायिक क्याम्पस पोखरा बहुमुखी क्याम्पसको गुणस्तर बृद्धि गर्न आफ्नो ज्यान नै धितो राख्नु परे पनि आँफू तयार रहेको बताए । जीसी पोखरा महानगरको मेयर भएकै बेला पोखरा बहुमुखि क्याम्पसलाइ आफ्नै भवन बनाउनका लागि पोखरा ९ शान्तिवन अर्थात अहिले क्याम्पस संचालीत जग्गा प्राप्ती भएको थियो ।
त्यसैगरी, कार्यक्रमकै विच बरिष्ठ उद्यमी तथा सामाजिक व्यक्तित्व आनन्दराज मुल्मीले मोफसलका सामुदायिक क्याम्पसलाइ सहयोग, प्रेरणा र हौसलाा, चासो र निगरानी दिनुनै उत्कृष्ट शिक्षा प्रणालीको पहिलो खुड्कीलो हो भन्दै यस प्रति ध्याान दिन सबै सरोकारवालाहरुलाइ आग्रह गरे ।
त्यसैगरि , जनप्रिय क्याम्पस संचालक समितिका अध्यक्ष बिरेन्द्र नारायण बिजुक्क्षेले सामुदायीक क्याम्पसमा विद्यार्थीकाे चाप घटिरहेको प्रति सबै सरोकारवालाको चासो पुग्नु पर्ने र समग्र शिक्षा प्रणालीमा आमुल परिवर्तन ल्याउन एकजुट हुनुपर्ने बताए ।
त्यस्तै पोखरा बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख तथा क्याम्पस प्राध्यापक संघका अध्यक्ष हस्तबहादुर थापाले क्यू.यू ए प्राप्ती प्रक्रियामा पोखरा बहुमुखी क्याम्पस उन्नतिउन्मुख भएको र छिट्टै सफलता हासिल गर्ने आशा व्यक्त गरे ।
कार्यक्रम मा बरिस्ठ प्राध्यापक महेन्द्र रिमाललाइ दीर्घ सेवा सम्मान बाट सम्मानित गरिएको थियो । उक्त सेवाबाट कर्मचारीहरु हस्तबहादुर थापा र ऋषि रानाभाट र भिमप्रसाद न्याैपाने लाई उत्कृष्ट प्राध्यापकको रुपमा सम्मान गरिएको थियो ।
वार्षीकोत्सव समारोहकै विच पोखरा बहुमुखी क्याम्पस सहयोगार्थ बिभिन्न व्यक्ति तथा संस्थाहरुबाट स्थापित पुरस्कार तथा छात्रवृति प्रदान गरिएको थियो । कार्यक्रममा लक्ष्मी हाउस छात्रवृति, मिन छात्रवृति, स्वर्गीय डिलमाया स्मृति छात्रवृती, समिर महिमा छात्रवृति, बेलायती तथा चीनिमाया छात्रवृति, धनिराम बराल छात्रवृति, रुक कुमारी गुरुङ छात्रवृति, बिद्या राना छात्रवृति, विष्णु वास्तोला स्मृति अक्षयकोष छात्रवृति सहित क्याम्पसले प्रदान गर्ने छात्रवृतिबाट बिभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाइ पुरस्कृत गरिएको थियो ।
क्याम्पसका बिभिन्न संकाय अन्तर्गत बिभिन्न शैक्षिक सत्रमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाइ पुरस्कृत गरिएको थियो । त्यसैगरि वार्षीकोत्सव पुर्वसन्ध्यामा गरेका विभिन्न सप्ताहव्यापी प्रतियोगिताका विजयी छात्रछात्राहरुलाइ पुरस्कृत गरिएको थिया । कार्यक्रममा, अन्तर मावि स्तरिय छात्रा भलिवल प्रतियोगीतामा विजयी पश्चिमान्चल मावि र गुरुकुल बिद्यासदनलाइ क्रमशः रु ३० हजार र २० हजार नगद सहित शिल्ड र मेडल द्धारा पुरस्कृत गरिएको थियो । त्यसैगरी क्याम्पसले आयोजना गरेको निबन्ध लेखन प्रतियोगितामा विजयीलाइ नगद पुरस्कार र प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो ।
कर्यक्रम पोखरा बहुमुखी क्याम्पस संचालक समितिका अध्यक्ष नरेन्द्रमान लालचनको अध्यक्षतामा भएको थियो । क्याम्पसका बरिष्ठ प्राध्यापक महेन्द्र रिमाल ले संचालन गर्नुभएको सो कार्यक्रममा संचालक समितिका उपाध्यक्ष बद्री श्रेष्ठ , विद्यार्थी कल्याणकारी समिति अध्यक्ष सलिना थापा मगर ले स्वागत मनतव्य राखेकी थिइन्।
तपाईको प्रतिक्रिया