उत्कृष्ट विद्यार्थीलाई मदरल्यान्ड एक्सलेन्स अवार्ड

पोखरा ।
पोखराको मदरल्यान्ड माविले कक्षा १२ को बोर्ड परीक्षामा नेपालमै सर्वाेत्कृष्ट तथा अन्य उच्च शिक्षाका विभिन्न तहमा पूर्ण छात्रवृत्ति प्राप्त गरेका २८ विद्यार्थीलाई मदरल्यान्ड एक्सलेन्स अवार्ड प्रदान गरेको छ । शिक्षा क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा नै विशिष्ट परिचय बनाउन सफल मदरल्यान्डले मंगलबार नगद ६ लाख ५० हजारसहित मदरल्यान्ड एक्सलेन्स अवार्ड वितरण गरेको हो ।
कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डले लिएको कक्षा १२ को परीक्षामा व्यवस्थापन र विज्ञान समूहमा सर्वाेत्कृष्ट राजेश पौडेल, जीवन अधिकारी र कृतिका थापालाई जनही नगद २ लाख र दोसलाले सम्मान गरिएको छ । समारोहमा उच्च शिक्षाका लागि नेपाल सरकार अन्तर्गत इन्जिनियरिङतर्फ पूर्ण छात्रवृत्ति प्राप्त गर्न सफल प्रवेश बास्तोला, प्रशिम पोख्रेल, विनायक बास्तोला, सुवास पौडेल, प्रदीप भण्डारी, शिव भण्डारी, अभिजोन लामिछाने, सजिस बाँस्तोला, अवपदीप बानियाँ, रीतिका अधिकारी, आदर्श सुवेदी, आधुनिक ढुंगाना, स्नेहा अधिकारी, मिसन भुगाईँ र सुजन तिमिल्सिना सम्मानित बने ।
चिकित्सा शिक्षा (एमबिबिएस)तर्फको प्रवेश परीक्षामा उत्कृष्ट ८ औं स्थानका साथ पूर्ण छात्रवृत्ति प्राप्त गर्ने सक्षम लामिछानेलाई नगद ५० हजारसहित सम्मान गरिएको छ । कार्यक्रममा एमबिबिएसमै छात्रवृत्ति पाउने रजनी दाहाल, कृतिका थापा र जीवन अधिकारीसमेत सम्मानित बने । राष्ट्रिय स्तरका विभिन्न विश्वविद्यालयले लिएका बिबिए र बिआइएमको प्रवेश परीक्षामा सर्वाेत्कृष्ट बन्दै पूर्ण छात्रवृत्ति प्राप्त गर्न सफल सफल गुरुङ, सम्पदा थापा र अनिल बास्तोलासमेत अभिनन्दित बनेका छन् ।
कृषिमा भारतीय दूतावास अन्तर्गतको बिएस्सी अनर्समा पूर्ण छात्रवृत्ति प्राप्त गर्न सफल दिपसन गुरूङलाई, जिपिए (३.८ )का साथ कक्षा १२ पास गरेका विद्यार्थी कृष्टल रेग्मी, सजग तिवारी, कृतज्ञ श्रेष्ठ र मिलन रेग्मीसमेत सम्मानित बने । भर्खरै भएको हिसान स्पोर्ट्स मिटमा पदक पाएका र सहकार्यकलाप अन्तर्गत विभिन्न पुरस्कार हात पार्न सफल विद्यार्थीलाई पनि सम्मान गरिएको छ । सोही अवसरमा कक्षा ११ र १२ को प्रथम त्रैमासिक परीक्षाको पुरस्कार तथा छात्रवृत्ति पनि वितरण गरियो ।
विद्यालयका संस्थापक नारायण आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी विश्वविद्यालयका कुलपति गणेशमान गुरुङ, स्कुलका अंग्रेजी विभागका प्रमुख बामनकुमार घिमिरे, संस्थापक प्राचार्य नारायण बराल, पोखरा ७ का वडाध्यक्ष राममोहन आचार्य, राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रदेशका निर्देशक लक्ष्मण देवकोटा, उपनिर्देशक वसन्तराज पौडेल, शिक्षा विकास तथा समन्वय इकाइ कास्की प्रमुख लोकराज आचार्य, विद्यालय निर्देशक त्रिभुवन शर्मा लगायतले बोलेका थिए ।
तपाईको प्रतिक्रिया