फिस्टेल फेस्टमा ६ स्कुल छानिए

समाधान संवाददाता २०८० पुष ४ गते १२:४८

पोखरा ।
पोखरा १७ तल्लो बिरौटामा अवस्थित फिस्टेल एकेडेमी माध्यमिक विद्यालयले आयोजना गरेको ‘फिस्टेल स्पोर्टस् फेस्ट’ अन्तर्गत उद्घाटन पूर्वका खेलबाट ६ विद्यालय अर्को चरणका लागि छनोट भएका छन् । सहभागी विद्यालय धेरै रहेकाले उद्घाटनपूर्व नै २ दिन प्रथम चरणका खेल भएका हुन् ।

Advertisement


विद्यालयको २९ औँ वार्षिकोत्सवको अवसरमा पुस ५ देखि ७ गतेसम्म विभिन्न विद्यालयलाई समेटेर खेलकुद कार्यतिव्र हुँदै छन् । मंगलबार अक्सफोर्ड र शान्तिनिकुञ्ज स्कुलबिच भएको खेलमा टाइब्रेकरमा ३/२ गोलसहित शान्तिनिकुञ्ज स्कुलले जित हासिल गरेको छ । दोस्रो खेलमा बाल कल्याणले र युनिभर्स स्कुललाई २–० ले हराएको छ । विन्ध्येश्वरीविरु ४ गोल गरी कालिकाले आफ्नो यात्रा सुरक्षित बनाएको छ ।


शिशु कल्याण र बालोदयबिच भएको खेलमा ४/४ गोल भएपछि टाइब्रेकरबाट ३/२ गोलसहित शिशुकल्याणले स्थान सुरक्षित गर्यो । १४ वर्षमुनिको लन टेनिसतर्फ भएका पहिलो चरणका खेलमा गण्डकी बोर्डिङ स्कुलका प्रफुल श्रेष्ठले फिस्टेल एकेडेमीका प्रसिद्ध पराजुलीलाई ६–०, ६–१ को सोझो सेटले पराजित गरे ।


१२ वर्षमुनिको दोस्रो खेलमा फिस्टेल एकेडेमीका सुवान केसीले फिस्टेल एकेडेमीकै जेनिश ढकाललाई ६–१, ६–१ को सोझो सेटमा पराजित गरे ।१६ वर्षमुनिको तेस्रो खेलमा फिस्टेल एकेडेमीका सृजन भट्टराईले गण्डकी बोर्डिङ स्कुलका प्रफुल श्रेष्ठलाई ६–०, ६–० को सोझो सेटमा पराजित गरे ।


हेमजा बोर्डिङ स्कुल र पोखरा स्पाइरलबिचको खेलमा हेमजा उपस्थिति नभएपछि पोखरा स्पाइरल अघिल्लो चरणमा प्रवेश गरेको छ । भद्रकाली स्कुल सहभागी नभएपछि छोरेपाटन मावि पनि स्वतः अर्को चरणमा छनोट भएको छ । बुधबार पनि फुटबलका ६ खेल, बास्केटबल छात्रछात्रा र लन टेनिसका विभिन्न खेल हुने विद्यालयका सहप्राचार्य कमल लामिछानेले जानकारी दिइन् ।

Advertisement


फुटबलतर्फ २८ स्कुल सहभागी छन् । फुटबल तथा बास्केटबल खेलमा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयले क्रमशः ७५ हजार, ३५ हजार र २० हजार नगद पुरस्कारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउने विद्यालयका संस्थापक अध्यक्ष चिनु रानाभाटले जानकारी दिए ।

तपाईको प्रतिक्रिया