विन्ध्यवासिनी माविमा शिक्षक अभिभावक संघ गठन

पोखरा ।
पोखरा १६ बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयमा शिक्षक अभिभावक संघ गठन भएको छ । शनिबार आयोजित शिक्षक तथा अभिभावकको भेलाले भीमप्रसाद पौडेलको अध्यक्षतामा संघ गठन गरेको हो ।
समितिका सदस्यमा अञ्जना तिमिल्सिना, मनोहरि आचार्य, सृष्टि पुन, देवी पुरी, रुपा नेपाली, मीना पौडेल र शोभा पौडेल छन् । सोही भेलाले विद्यालय सञ्चालनमा सहयोग गर्न बिभिन्न उपसमिति पनि बनाएको छ । सरिता अधिकारीको संयोजकत्वमा स्वास्थ्य तथा मानोपरामर्श उपसमिति, रमेश त्रिपाठीको संयोजकत्वमा खाजा व्यवस्थापन उपसमिति, विष्णु अर्यालको संयोजकत्वमा निर्माण उपसमिति र रमा आचार्यको संयोजकत्वमा खरीद तथा लिलाम उपसमिति बनेका छन् ।
पोखरा १६ का वडाध्यक्ष अमृतप्रसाद तिमिल्सिना र वडा सदस्य मञ्जु नेपालीले नवगठित संघले विद्यालयको उत्तरोत्तर प्रगतिका लागि निरन्तर प्रयास गर्नुपर्नेमा जोड दिए । वडा कार्यालयबाट सिफारिस आउनुपर्ने सदस्यको नाम उपलब्ध हुन नसक्दा १ वर्षदेखि यहाँको विद्यालय व्यवस्थापन समितिले पूर्णता पाएको छैन ।
तपाईको प्रतिक्रिया