राष्ट्रिय माविको हीरक जयन्ती

पोखरा ।
स्थापनाको ७५ औं वर्ष प्रवेशको अवसरमा आफनो हीरक महोत्सव मनाइरहेको पोखरा महानगरपालिका वडा नम्बर १ पुरानो टुँडिखेलस्थित राष्ट्रिय माध्यमिक विद्यालयले आउँदो चैतमा पुनर्मिलन समारोह गर्ने भएको छ । विद्यालयमा शनिबार बसेको पूर्व विद्यार्थी, पूर्व शिक्षक/कर्मचारी, पूर्वविद्यालय व्यवस्थापन समितिका पदाधिकारी एवं सरोकारवालाहरुको भेलाले पुनर्मिलन समारोह गर्ने तय गरेको हो ।
भेलाले पुनमिलन समारोहका लागि ०३३ सालको ब्याचका विद्याथी एंव पछि शिक्षकको रुपमा विद्यालयमा काम गरेका वसन्तराज अधिकारीको संयोजकत्वमा पुनमिलन समारोह उपसिमित गठन गरेको छ । समितिको सदस्यहरुमा रामराज रेग्मी, चक्रपाणी सुवेदी, भोला पराजुली, तेजबहादुर गुरुङ, राजु केसी, रोहितराज पराजुली, हरि अधिकारी, शिवराज तिमिल्सिना, प्रदीपरमण आचार्य, संजित थापा मगर र कृष्ण सेन्चुरी चयन भएका छन् ।
समितिको सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक ईश्वरी सापकोटा छन् । समितिमा प्रत्येक पाँच पाँच वर्ष ब्याचकोे प्रतिनिधित्व हुने गरि एक एक जना सदस्य चयन गरिएको र थप सदस्य पछि चयन गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम विक्रम राणाले जानकारी दिए । पुनमिलन समारोहमा विद्यालयमा अध्य्यन गरेका पूर्व विद्यार्थी, पूर्व शिक्षक/कर्मचारी, पूर्व विद्यालय व्यवस्थापन समितिका पदाधिकारी एवं सदस्यहरु बिच परिचयसँगै अनुभव आदान प्रदानको काम सगै विभिन्न मनोरञ्जनात्कम र सास्कृतिक कार्यक्रम गरिनेछ ।
२० मंसिर ०८० मा आफनो स्थापनाको ७४ औ वर्ष पुरा गरी ७५ औ वर्षमा प्रवेश गरेको विद्यालयले हीरक जयन्ती २० मंसिर ०८० देखि २० मंसिर ०८१ सम्म एक वर्ष विविध कार्यक्रम गरी मनाउँदै छ । यस अघि गत २० मंसिरमा प्रभातफेरीसँगै हीरक महोत्वको शुभारम्भ गरिएको थियो । हीरक महोत्वका अन्र्तगत पुनमिलन समारोह गर्न लागिएको हो ।
हीरक महोत्सव अन्र्तगतका विभिन्न उपसमितिहरुमध्ये शैक्षिक सम्वाद कार्यक्रमका लागि प्राडा विश्वकल्याण पराजुली, स्वास्थ्यमा डा वसन्त ताम्राकार, स्मारिक प्रकाशनमा रवीन्द्र माकाजु, अन्तर्राष्ट्रिय समन्वयमा मदन केसी, साँस्कृतिकमा श्यामलाल श्रेष्ठ, पुरस्कार तथा सम्मानमा सहारा प्रधान, चित्रकला र कवितामा प्राज्ञ रमेश श्रेष्ठ, रक्तदानमा जीवन अधिकारीलाई संयोजकमा चयन गर्न मुल समितिले गरेको प्रस्ताव भेलाले पारित गरेको थियो ।
गुरुङद्वारा १ लाख १ हजार १११ को अक्षयकोष स्थापना
भेलाकै अवसरमा विद्यायलका पूर्व विद्यार्थी पोखरा महानगरपालिका वडा नम्बर १ स्थित शीतल बस्ती निवासी माया गुरुङले १ लाख १ हजार १११ रुपैयाँको अक्षयकोष स्थापनाको घोषणा गरिन् ।
कोषको रकमबाट आउने ब्याजबाट प्रत्येक वर्ष विद्यालयमा अध्य्यन गर्ने न्यून आए भएका गरिबसँगै जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिने गरी गुरुङले अक्षयकोष स्थापना गरेकी हुन् । योसँगै गुरुङले हीरक जयन्तीका लागि ११ हजार १११ रुपैयाँ आर्थिक सहयोगको घोषणा समेत गरेकी थिइन् ।
तपाईको प्रतिक्रिया