मणिपाल कलेजमा एडल्ट क्रिटिकल केयरमा फेलोसिप कार्यक्रम

समाधान संवाददाता २०८० पुष १८ गते ९:३४

पोखरा ।
एनेस्थेसियोलोजी विषयमा काठमाडौं विश्वविद्यालयबाट मणिपाल कलेज अफ मेडिकल साइन्सेज पोखराले एक सिट एडल्ट क्रिटिकल केयरमा फेलोसिप प्राप्त गरेको छ । उक्त फेलोसिपका लागि मणिपाल टिचिङ अस्पतालमा कार्यरत डा.राजन बस्नेतलाई एडल्ट क्रिटिकल केयर फेलोसिप प्रोग्राममा छनोट भएका छन् ।

Advertisement


उक्त फेलोसिप सुरुआत कार्यक्रममा लागि क्रिटिकल केयर फेलोसिप प्रोग्रामका चेयरमेन डा. सुवासप्रसाद आचार्य भाइस चेयरमेन डा. सविन कोइराला, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. बुद्धिबहादुर थापा तथा मणिपाल कलेज अफ मेडिकल साइन्सेज र मणिपाल शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल ओडुविल लगायत विभिन्न विभागका विभागीय प्रमुखहरुको उपस्थिति थियो ।

चेयरमेन डा. सुवासप्रसाद आचार्यले डा. राजन बस्नेतलाई लगबुक प्रदान गरी विधिवत रुपमा एडल्ट क्रिटिकल केयरको सुरुवात गरिएको थियो ।

तपाईको प्रतिक्रिया