राष्ट्रियसभा निर्वाचन: गण्डकी प्रदेशबाट महिलामा मनरुपा विजयी

समाधान संवाददाता २०८० माघ ११ गते १६:५५

पोखरा ।

Advertisement

राष्ट्रियसभा निर्वाचनमा गण्डकी प्रदेशमा महिला क्लष्टरमा नेकपा माओवादी केन्द्रकी मनरुपा शर्मा विजयी भएकी छन् । शर्माले एमालेकी सम्झना देवकोटालाई पराजित गरेकी हुन् । उनले ३ हजार ६ सय ६० मत पाइन् भने देवकोटाले २ हजार ५ सय ५३ मतभार पाइन् ।

शर्मालाई स्थानीय तहतर्फ ९५ र प्रदेशसभा तर्फ ३५ जनाले मत दिएका थिए । देवकोटालाई स्थानीय तह तर्फ ७३ जना र प्रदेशतर्फ २२ जनाले मतदान गरेका थिए ।

स्थानीय तहमा १ भोट र प्रदेशतर्फ पनि १ भोट बदर भएको थियो । निर्वाचन कार्यालय गण्डकीका अनुसार ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीबाहेक बाँकी २२९ जनाले मतदान गरेका थिए । 

Advertisement

तपाईको प्रतिक्रिया