एपेक्स प्रिस्कुल ८ वर्षमा

समाधान संवाददाता २०८० फागुन १ गते १२:४८

लेखनाथ ।
पोखरा ३० शिशुवाामा रहेको एपेक्स प्रि स्कुल एन्ड मन्टेसरीको ७ औं वार्षिकोत्सव एवं पुरस्कार वितरण समारोह भएको छ । कार्यक्रममा पोखरा ३० का वडाध्यक्ष दुर्गाप्रसाद सुवेदीले अभिभावकले समय समयमा आफ्ना बाबुनानीको पढाइको अवस्था जानकारी लिनुपर्ने सुझाव दिए ।

Advertisement


उनले विद्यालयले विद्यार्थीलाई अनुशासनको पाठ सिकाउनुका साथै नैतिकवान् बनाउन पनि सघाउनुपर्नेमा जोड दिए । वडा सदस्यहरु विनोद प्रसाद लामिछाने र उमा परियार, शान्ति आधारभूत विद्यालयका प्रधानाध्यापक मणिराम कँडेल, मन्टेसरी एसोसियसन कास्की अध्यक्ष भवानी पराजुली बराल, लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा, नागरिक परोपकार समन्वय संस्थाका अध्यक्ष चिरञ्जीवी तिवारी, भिजन मन्टेसरी टिचर्स ट्रेनिङ सेन्टरका ट्रेनर दुर्गा सिग्देल, अभिभावकहरु विश्वराज खनाल, अञ्जना बराल, शिक्षकहरु प्रतीक्षा भुर्तेल र पबिना तिवारीले बोलेका थिए ।


विद्यालयका प्रिन्सिपल कल्पना तिवारीले बालबालिकालाई प्रारम्भिक अवस्थाबाटै अनुशासनको पाठ सिकाउँदै किताबी ज्ञानका अलवा व्यवहारिक शिक्षामा समेत जोड दिइन् । तिवारीले अभिभावकको सल्लाह, सुझावलाई आत्मसात गर्दै अघि बढ्ने प्रतिवद्धता गरिन् ।


विद्यालय सञ्चालक समिति अध्यक्ष थानेश्वर तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा विद्याथीले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया