हिल प्वाइन्ट माविको वार्षिकोत्सव

समाधान संवाददाता २०८० फागुन ६ गते १०:३२

पोखरा ।
पोखरा महानगरपालिका वडा नंम्बर १२ माटेपानीमा रहेको हिल प्वाइन्ट माविको ४३ औं वार्षिकोत्सव शनिबार भएको छ । कार्यक्रममा गण्डकी प्रदेश शिक्षा निर्देशानलयका महानिर्देशक अम्बिकाप्रसाद आचार्यले प्रदेशलाई शैक्षिक राजधानी बनाउने योजना सुनाए ।

Advertisement


उनले विद्यार्थीलाई यो प्रदेशमा आर्कषण गर्नका स्कुलहरुले विभिन्न योजनाका साथ काम गर्नुेपर्ने औंल्याए । आचार्यले निजी र सामुदायिकले सहकार्य गरेर शैक्षिक क्षेत्रलाई अगाडि बढाउनुपर्ने विचार राखे।


विद्यालयका प्राचार्य दिवाकर जैसीले विद्यालयको वार्षिक प्रतिवेदन तथा भावी रणनीति प्रस्तुत गरे । उनले विद्यालयले विगत केही वर्षदेखि उत्कृष्ट नतिजा निकालिरहेको बताउँदै उनले व्याहावरिक र प्रविधिमैत्री शिक्षामा जोड दिएको सुनाए ।


स्कुल व्यवस्थापन समिति अध्यक्ष बिजुलीबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला शिक्षा तथा समन्वय इकाइ प्रमुख लोकनाथ आचार्य, हिसान कास्की अध्यक्ष याम रोका, प्याब्सनका केन्द्रीय उपाध्यक्ष वीरबहादुर बुढाथोकी, अभिभावक ऋषिराम लामिछाने, शिक्षक दिव्या जैसी लगायतले बोलेका थिए ।


समारोहमा विद्यालयमा लामो समयसम्म कार्यरत शिक्षकहरु देवकी सापकोटा, शोभा लामिछाने, देवु गुरूङ, रामकुमार थापा, दीपेन गुरूङ, अउमाया गुरूङ लगायतलाई सम्मान गरिएको थियो । स्कलुले गत वर्ष विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरणसमेत गरेको छ ।

Advertisement


हिल प्वाइन्ट माविमा फाइन आर्टको पढाइ हुन्छ । यहाँ कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, होटल म्यानेज्मेन्टका कक्षसमेत सञ्चालन हुन्छन् ।

तपाईको प्रतिक्रिया