गण्डकी विश्वविद्यालयको वार्षिकोत्सव

समाधान संवाददाता २०८० फागुन ७ गते १०:५८

लेखनाथ ।
विश्वविद्यालयमा चरम राजनीतिक हस्तक्षेप हुँदा युवा बाहिरिएको सरोकारवालाहरुको बताएका छन् । गण्डकी प्रदेश सरकार मातहतमा रहेको गण्डकी विश्वविद्यालयको शुक्रबार भएको चौथो वार्षिक साधारण सभाका वक्ताहरुको यस्तो बताएका हुन् ।

Advertisement


गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डेले नेपालमा भएका १२ विश्वविद्यालयभन्दा गण्डकी विश्वविद्यालय फरक भएको जनाए । यो विश्वविद्यालयमा प्राज्ञिक व्यक्तिले मात्र जिम्मेवारी पाउने व्यवस्था रहेको उनले स्मरण गरे । पाण्डेले नेपाललाई चाहिने दक्ष जनशक्ति विदेशबाट आउने र यहाँका अदक्ष जनशक्ति रोजगारीका लागि विदेशिने क्रम बढेकै कारण शिक्षा क्षेत्र क्रमश कमजोर हँुदै गएको टिप्पणी गरे । अब देशलाई चाहिने दक्ष जनशक्ति यही उत्पादन गर्नुपर्नेमा उनको जोड छ ।


गण्डकी प्रदेशका संस्थापक मुख्य मन्त्री पुथ्वीसुब्वा गुरुङले गण्डकी विश्वविद्यालयले उत्पादन गर्ने जनशक्तिमध्ये ८० प्रतिशत प्राविधिक विषय र बाँकी २० प्रतिशत अन्य हुने जनाए । उनले यहाँ अध्यनरत विद्यार्थी रोजगारीका लागि विदेसिनुपर्ने अवस्था नरहेको तर्क गरे ।


गण्डकीका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले पढाइको साथमा रोजगारलाई लैजानुपर्ने सुझाव दिए । सामाजिक विकास, सुरक्षा तथा स्वाथ्य मन्त्री सुशीला सिम्खडाले संघीय शिक्षा ऐन आउन ढिलाइ हुँदा प्रदेशलाई कठिनाइ भएको जनाइन् ।


गण्डकी विश्वविद्यालयका कुलपति गणेशमान गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा विश्वविद्यालयका उपकुलपति प्रेमनारायण अर्याल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटा, गण्डकी विश्वविद्यालयका उपकुलपति नवराज देवकोटा, विश्वविद्यालयका सहायक प्रशासक डोलराज सुवेदी र पोखरा ३२ का अध्यक्ष अक्कलबहादुर कार्की लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया