‘लिटिल स्टेपमा पुरस्कार वितरण एवं अभिमुखीकरण

पोखरा ।
लिटिल स्टेप माध्यमिक विद्यालयको ४१ औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहका अवसरमा माघ १६ गते प्रदर्शन गरिएको सामाजिक अध्ययन एवं विज्ञान प्रदर्शनीमा तहगत रूपमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल विद्यार्थीहरुलाई सोमबार नगदसहित पुरस्कार एवं प्रमाणपत्र वितरण गरिएको छ ।
प्रदर्शनीमा प्राथमिक तहतर्फ प्रथम हुनेलाई नगद २५ सय, द्वितीयलाई २ हजार एवं तृतीयलाई १५ सय वितरण गरिएको थियो । आधारभूत तहतर्फ प्रथम हुनेलाई ५५ सय, द्वितीयलाई ५ हजार र तृतीयलाई ४५ सय नगद वितरण गरिएको थियो । मावि तहतर्फ प्रथमलाई ७ हजार, द्वितीयलाई ६५ सय तथा तृतीयलाई ६ हजार रुपैयाँको पुरस्कार प्रदान गरियो ।
गत वार्षिकोत्सव समारोहमा आमन्त्रित प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री जीतप्रकाश आले, व्यवस्थापन समिति अध्यक्ष सञ्जीव उदास, पूर्व अध्यक्ष शेरबहादुर गुरुङ, प्राचार्य पम्फा गुरुङले विद्यार्थीहरूका प्राविधिक कला तथा निर्माणको प्रशंसा गरे । सामाजिक अध्ययन एवं विज्ञान प्रदर्शनी ४१ आँै वार्षिकोत्सवको प्रमुख आकर्षण बनेको थियो ।
उक्त पुरस्कार पोखरा लिङ्कन इन्टरनेसनल कलेज एवं लिटिल स्टेप माध्यमिक विद्यालयका संस्थापक तथा व्यवस्थापन समिति पूर्व अध्यक्ष शेरबहादुर गुरूङ र संस्थापक प्राचार्य पम्फा गुरुङले वितरण गरेका थिए । पुरस्कार वितरणपश्चात प्राचार्यद्वारा बधाई मन्तव्य व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै प्राविधिक, कलात्मक एवं सिर्जनात्मक निर्माण गतिविधिमा लाग्न विद्यार्थीहरुलाई प्रोत्साहन दिइएको थियो । उक्त कार्यक्रममा सिएओ अनिलकुमार अर्याल, मावि संयोजक विनोद गिरी लगायत सम्पूर्ण शिक्षकगण एवं विद्यार्थीहरुको उपस्थिति थियो ।
स्काउट गठन सम्बन्धी अभिमुखीकरण कार्यक्रम पनि विद्यालयमा सोमबारै सम्पन्न भयो । नेपाल स्काउट, गण्डकी प्रदेशबाट आमन्त्रित प्रदेश प्रमुख सागर पौडेलद्वारा विद्यालयमा हाल कक्षा ६, ७ र ८ मा अध्ययनरत विद्यार्थीहरुलाई स्काउटको महत्वमाथि प्रकाश पार्दै यसको गठन प्रक्रिया सम्बन्धी सम्पूर्ण जानकारी प्रदान गरिएको थियो । अभिभावक एवं विद्यार्थीगणको रुचि अनुसार नयाँ शैक्षिक सत्र २०८१ देखि विद्यालयमा स्काउट गठन गर्न आवश्यक आन्तरिक गृहकार्य भैरहेको छ ।
तपाईको प्रतिक्रिया