स्नो भ्यु स्कुलमा हस्तकला प्रदर्शनी
समाधान संवाददाता
२०८० फागुन २९ गते १३:४४

पोखरा ।
स्नो भ्यु बोर्डिङ स्कुल पोखरा २५ हेमजाले आइतबार शैक्षिक प्रदर्शनी आयोजना गरेको छ । कार्यक्रममा विद्यार्थीले बनाएका हस्तकलाका सामग्रीहरु प्रदर्शनीका साथै बिक्री गरिएको थियो ।
काठमाडौं विश्वविद्यालयका डिन बालचन्द्र लुइँटेलले अहिलेको आवश्यकता प्राविधिक शिक्षा भएको बताउँदै विदेश जान पनि सीप आवश्यक पर्ने जनाए । कार्यक्रममा पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले प्रविधिमैत्री शिक्षाबाटै समृद्धि हाँसिल हुन सक्ने जनाए । नर्सरीदेखि कक्षा १२ सम्मका विद्यर्थीले बनाएका सामग्री प्रदर्शन गरिएको थियो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णुकुमारी अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा परशुराम अधिकारीले पनि बोलेका थिए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया