गण्डकीका मुख्यमन्त्री राजीनामा बुझाउन जाँदै, प्रदेश प्रमुखसँग ११ बजेकाे समय माग

पाेखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले केही बेरमा सरकार प्रमुखबाट राजीनामा दिने भएका छन् । राजीनामा दिन जानु अघि मन्त्रिपरिषद्काे बैठकले राखेका पाण्डेले मन्त्रीहरुलाई बैठक लगत्तै राजीनामा दिन जान लागेकाे जानकारी गराएका छन् ।
मन्त्रिपरिषद्काे बैठक लगत्तै पत्रकारहरुसँग बोल्दै सरकारका प्रवक्ता एवं मन्त्री सरस्वती अर्याले ११ बजे राजीनामा बुझाउने बताइन् । उनले सरकारले विश्वासकाे मत पाउन सक्ने आधार नदेखेकाले राजीनामा दिने निर्णय गरेकाे बताइन् ।
मुख्यमन्त्रीका प्रेस संयाेजक नरहरि अधिकारीले ११ बजेका लागि प्रदेश प्रमुखसँग समय लिएकाे समाधानसँग बताए ।
प्रदेश प्रमुख कार्यालयले पनि मुख्यमन्त्री ११ बजे आउदै गरेको पुष्टी गरेकाे छ । प्रदेश प्रमुख डिल्लीराज भट्टका प्रेस संयाेजक रञ्जन अधिकारीले मुख्यमन्त्री कार्यालयबाट ११ बजेकाा लागि समय मागिएकाे बताए ।
अन्तिम क्याविनेट बैठकले के के निर्णय गर्याे भन्ने कुरा भने सार्बजनिक गरिएकाे छैन् ।
तपाईको प्रतिक्रिया