कांग्रेस नेता खेमराज पौडेलको निधन, आजै अन्त्येष्टि गरिदै
समाधान संवाददाता
२०८० चैत ३० गते १४:१०

पाेखरा ।
नेपाली कांग्रेसका पूराना नेता खेमराज पौडेलको निधन भएको छ । पोखराको फेवासिटी अस्पतालमा बिहीबार पाैडेलकाे निधन भएकाे हाे । उनकाे ८१ वर्षको उमेरमा निधन भएको गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले जानकारी दिए ।
पोखरा २२ पुम्दी भुम्दीबाट आज दिउँसो करिब २ः३० बजे शोभा यात्रा रहेकाे जनाइएकाे छ । उनकी श्रीमती, २ छोरा र ३ छोरी छन् ।
पाैडेल पोखराको शुक्रराज माविका संस्थापक प्रध्यानाध्यापकफ राष्ट्रिय मावि, छोरेपाटन मावि लगायतमा पाैडेलले पढाएका थिए । पाैडेल कास्की कांग्रेस सभापति र प्रतिनिधिहरूकाे उपनिर्वाचनमा उमेदवार समेत भएका थिए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया