गण्डकी प्रदेश योजना आयोगको उपाध्यक्षमा खतिवडा नियुक्त
समाधान संवाददाता
२०८१ वैशाख ४ गते ११:१५

पोखरा ।
गण्डकी प्रदेशको नीति तथा योजना आयोग उपाध्यक्षमा तनहुँका श्रीकान्त खतिवडा नियुक्त भएका छन् ।
एमालेनिकट खतिवडालाई मुख्यमन्त्री खगराज अधिकारीले नियुक्त गरी पद तथा गोपनीयताको शपथ खुवाएका छन् । उनी गत चैत २७ गतेकै मन्त्रिपरिषद् निर्णयअनुसार नियुक्त भएका हुन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया