गण्डकी सरकारविरूद्धको मुद्दा आज टुंगो लागेन, अर्को सुनुवाई वैशाख १७ गते
समाधान संवाददाता
२०८१ वैशाख १० गते १७:०३

पोखरा ।
गण्डकीमा खगराज अधिकारीको मुख्यमन्त्रीमा भएको नियुक्तिका विरूद्ध परेको मुद्दा सर्वोच्च अदालतले आज साेमबार टुंगो लगाएन ।
सुनुवाई नसकिएको हुँदा मुद्दा हेर्दाहेर्दैमा रहेको छ । अब यो मुद्दाको सुनुवाई अर्को हप्ता अर्थात बैशाख १७ गते हुनेछ ।
कांग्रेस नेता सुरेन्द्र पाण्डेले हालेको मुद्दालाई अग्राधिकार दिई आज पूर्ण सुनुवाइको पेसी तोकिएको थियो । मुद्दा न्यायाधीशद्वय सपना मल्ल र सारंगा सुवेदीको इजलासमा परेको थियो ।
दुवै पक्षका कानून व्यवसायीको बहस नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको हो। मंगलबार सार्वजनिक बिदा भएकोले बुधबार सुनुवाइ हुनेछ।
सम्बन्धित
तपाईको प्रतिक्रिया