इलाम–२ मा मत गणना सुरु
समाधान संवाददाता
२०८१ वैशाख १६ गते १२:२९

पोखरा ।
पूर्वी नेपालको इलाममा भएकाे संघीय सभा सदस्यको निर्बाचनकाे मतगणना सुरु भएको छ ।
फाकफोकथुङ गाउँपालिकामा रहेका केन्द्रका ब्यालेटबक्स खोलेर मतगणना सुरु गरिएको छ । बिहान ११ बजेदेखि सुरु गर्ने भनिए पनि केही ढिला गरी मत गणना सुरु भएको हो ।
सर्बदलीय सहमतिमा पालिकाका प्रत्येक वडाको मत एकै ठाउमा खन्याएर गन्ने निर्णय भएकाे छ । साेही अनुसार वडा नम्बर १ को मत पेटिका खोलिएकाे छ ।
पछिल्लाे स्थानीय निर्बाचनमा यो वडाको वडाध्यक्षमा नेपाली कांग्रेसले जितेको थियो । कांग्रेसका उमेद्वारले ८०४ मत पाउदा एमालेका उमे्वारले ४७७ मत पाएका थिए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया