बझाङमा कांग्रेसका सिंहले ९ हजार १६७ मत पाए
समाधान संवाददाता
२०८१ वैशाख १७ गते १०:३३

चैनपुर ।
बझाङ क्षेत्र नं १ को प्रदेशसभा (क) मा भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहको अग्रता कायमै रहेको छ ।
प्राप्त परिणामअनुसार कांग्रेसका उम्मेदवार सिंहले ९ हजार १६७ मत प्राप्त गरेका छन् । एमालेका दमनबहादुर भण्डारीले ९ हजार ८४, नेकपा (माओवादी केन्द्र) का जनकबहादुर बुढाले तीन हजार ५३५ र नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले दुई हजार ती सय ४७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए ।
हालसम्म जयपृथ्वी नगरपालिका, खप्तडछान्ना गाउँपालिका, छविसपाथिभेरा गाउँपालिका, सुर्मा गाउँपालिका, थलारा–९ र मस्टा गाउँपालिका–१ र २ को मत गणना सम्पन्न भएको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया