गण्डकी प्रदेशमा सत्ता संकट
के होला अधिकारी सरकार ? सर्बोच्चमा सुनुवाई जारी
समाधान संवाददाता
२०८१ वैशाख १७ गते ११:२२

पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नेतृत्वकाे सरकारको वैधानिकता बारे सर्बाेच्च अदालतमा आज फेरि बहस सुरु भएको छ ।
बैशाख १० गते सपना प्रधान मल्ल र सारंगा सुवेदीको सम्युक्त इजलासमा परेको मुद्दा हेर्दा हेर्दैमा रहेको थियो ।
मुख्यमन्त्रीमा भएको नियुक्तिका विरूद्ध परेको मुद्दामा बहस नसकिएपछि हेर्दा हेर्दैमा राखिएको थियो ।
कांग्रेस नेता सुरेन्द्र पाण्डेले हालेको मुद्दालाई अग्राधिकार दिई आज पूर्ण सुनुवाइको पेसी तोकिएको थियो । मुद्दा न्यायाधीशद्वय सपना मल्ल र सारंगा सुवेदीको इजलासमा परेको थियो ।
सम्बन्धित
तपाईको प्रतिक्रिया