बझाङमा एमालेका भण्डारीलाई ३४२ मतको अग्रता
समाधान संवाददाता
२०८१ वैशाख १७ गते १३:१३

पाेखरा ।
बझाङ प्रदेश सभा १ ‘क’ मा भएको उपनिर्वाचनको नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले अग्रतालाई फराकिलो बनाउँदै लगेका छन् ।
निर्वाचन आयोगका अनुसार भण्डारीले ११हजार १०३ मत प्राप्त गरेका छन् । भण्डारीले ३४२ मतले अग्रता लिइरहेका छन् ।उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले १० हजार ७ सय ६१ मत पाएका छन् ।
तेस्रो स्थानमा रहेका माओवादी केन्द्रका जनकबहादुर बुढाले ३७९७ मत पाएका छन् । एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले २५१० मत प्राप्त गरेका छन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया