‘अनलाइनका खराबी पाठ्यक्रममा राखौं’

समाधान संवाददाता २०८१ वैशाख ३० गते १०:१४

पोखरा ।
नेपालको विद्यालय शिक्षाको पाठ्यक्रममा अनलाइन बाल संरक्षणको विषय समेटिने भएको छ । अनलाइनको माध्यमबाट बालबालिकामाथि हुन सक्ने यौन शोषण तथा दुव्र्यवहारका घटनाबारे सचेत र सजग बनाउन, माध्यमिक तहको विज्ञान तथा सामाजिक अध्ययनमा सो विषय समेटिन लागेको सिबिन नेपालका परियोजना व्यवस्थापक माधव लोहनीले जानकारी दिए ।

Advertisement


संस्थाले शिक्षक, विद्यालय व्यवस्थापन समिति र सामुदायिक सेवा केन्द्र पदाधिकारीका लागि आयोजना गरेको यौन तथा प्रजनन् स्वास्थ्य र बाल अधिकार विषयक कार्यशालामा उनले अनलाइन, दुव्र्यवहार शोषणका असरबारेको अनविज्ञतालाई हटाउन पाठ्यक्रम आवश्यक भएको बताए । उनले पाठ्यक्रम विकास केन्द्रसँगको सहकार्यमा कार्यशाला गरी पाठ्यक्रमबारे सुझाव दिइएको जनाए ।


‘अनलाइन हिंसामा माध्यमिक तहका बालबालिका बढी पीडित र पीडक हुने देखिएको छ,’ उनले भने, ‘त्यसैले माध्यमिक तहको पाठ्यक्रममा अनलाइन बाल संरक्षणको विषय समेटिन लागेको छ ।’ उनले बालबालिकालाई अभिमुखीकरण तालिमभन्दा पाठ्यक्रममा समावेश गरी परीक्षासमेत लिँदा साइबर अपराध र सुरक्षाको पूर्ण जानकारी हुने दाबी गरे ।


साइबर अपराधबारे ज्ञानको कमी देखिएकाले देखासिखीमा बालबालिका त्यस्तो अपराधमा संलग्न हुने देखिएको छ । उनले पाठ्यक्रममा समावेश भएपछि बालबालिका सबै कानुनी प्रक्रियाबारेमा जानकार हुने उल्लेख गरे । लोहनीले अनलाइन खेल, फेसबुक जस्ता सामाजिक सञ्जालमा साथी बनाउने र उपहार दिने जस्ता कार्यलाई पाठ्यक्रममा समावेश गर्न प्रस्ताव गरेको जनाए ।

‘अनलाइन हिंसामा माध्यमिक तहका बालबालिका बढी पीडित र पीडक हुने देखिएको छ’

Advertisement


विभिन्न प्रलोभनमा पारी अश्लील तस्बिर, भिडियो जस्ता सामग्री बनाएर सार्वजनिक गर्ने धम्की दिँदै पैसा असुलीका लागि ब्ल्याकमेल गर्ने तथा यौन शोषणका लागि दबाब दिने घटना बढेकाले त्यस्ता सवाललाई पाठ्यक्रममा समेट्न माग गरेको उनले उल्लेख गरे । बाल यौन दुव्र्यवहार र शोषणसम्बन्धी कागजातको प्रयोग तथा बालबालिकालाई जबरजस्ती यौन क्रियाकलापमा सहभागी बनाएर अनलाइनमार्फत प्रत्यक्ष प्रशारण गर्ने जस्ता सवाललाई समेट्न आग्रह गरिएको छ ।


उनले बालबालिकाको अश्लील चित्रण, हानि पु¥याउने मनसायले सम्बन्ध गाँस्ने, अनलाइन खेलहरु र यसको लत, यौनजन्य तस्बिर सहितको सन्देश र यौन फिरौती अनलाइन बाल यौन शोषणका स्वरुप भएको जानकारी दिए । प्रत्यक्ष अनलाइन बाल यौन दुव्र्यवहार, अनलाइन माध्यमको प्रयोग गरी बाल विवाह तथा ओसार पसारको घटना भएको उनले उल्लेख गरे ।


इन्टरनेटको फैलावट र पहँुच बढेसँगै अनलाइनबाट बाल यौन शोषण द्रुत गतिमा बढेको दाबी गर्दै लोहनीले अनलाइन यौन शोषणबाट बालबालिकालाई जोगाउन पालिका स्तरमा अनलाइन बालसंरक्षण नीति बनाएर लागु गर्न जनप्रतिनिधिसँगको साझेदारीमा काम गरेको सुनाए । बालबालिकाको अनलाइन संरक्षणलाई स्थानीय तहले प्राथमिकतामा राखेर नीति निर्माण गर्र्नुपर्ने उनको माग छ ।


सूचना प्रविधिको विकाससँगै अनलाइनबाट बालबालिकालाई गरिने यौन दुव्र्यव्यवहारका घटना बढेको परिप्रेक्ष्यमा जनप्रतिनिधि सबैको अभिभावक भएकाले स्थानीय तहका वडा कार्यालयले अनलाइन बाल संरक्षणका लागि सचेतनामूलक कार्यक्रम गर्नुपर्ने उनको प्रस्ताव छ ।


सिविन पोखराका प्रमुख शंकर नेपाली, मनोविमर्शकता कृष्णा गुरुङले लगायतले इन्टरनेटको प्रयोगबाट हुनसक्ने यौन दुव्र्यवहारलाई रोक्न सरोकारवालाले बालबालिकालाई सचेत बनाउनुपर्नेमा जोड दिए ।

तपाईको प्रतिक्रिया