रत्नशोभा माविमा विद्यार्थीलाई स्वागत

लेखनाथ ।
पोखरा महानगरपालिका वडा नम्बर २८ स्थित रत्नशोभा माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत गरिएको छ ।
शैक्षिक सत्र २०८१ म बालविकास कक्षादेखि कक्षा ९ सम्म नयाँ भर्ना भएका विद्यार्थीहरुलाई शुक्रबार स्वागत गरिएको हो ।
शैक्षिक कार्यपात्रो अनुसार शुक्रबार सम्पन्न भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य शिक्षक प्रतिनिधि यदुनाथ पाण्डेले नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गर्दै विद्यार्थीहरु विद्यालयमा भर्ना भएपछि विद्यालयको निति नियम पालना गर्नुपर्ने बताए ।
विद्यार्थीहरुलाई बालमैत्री वातावरणमा शिक्षण कार्य गरिएको बताउँदै आगामी दिन विद्यार्थीहरुले अनुशासनलाई कायम राख्दै अध्ययन कार्य गरेमा सोच अनुसरको नतिजा हासिल गर्न सकिने शिक्षक पाण्डेले बताए ।
विद्यालयका प्रधानाध्यापक गोपालबहादुर बुढथोकीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कक्षा १० का विद्यार्थी सविन केसीले स्वागत गरेका थिए ।
तपाईको प्रतिक्रिया