शंकर युवा संघ कास्की संयोजक

पोखरा ।
राष्ट्रिय युवा संघ नेपाल कास्की संयोजकमा शंकर पौडेल चयन भएका छन् । गएको माघ १२ गते सुरु भएको संघधको ११ औं जिल्ला अधिवेशन प्रतिनिधिको विषयमा विवाद भएपछि स्थगित भएको थियो ।
अहिले पौडेलको संयोजकत्वमा जिल्लाका ५ पालिका कमिटी अध्यक्षसहित ३ निर्वाचन क्षेत्रबाट १/१ महिलाको महिला सहभागिता अनिवार्य बनाई प्रतिनिधित्व रहने गरी सम्मेलन ९ सदस्यीय आयोजक कमिटी बनेको हो । राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय पदाधिकारी बैठकले जिल्लामा संगठनको कमिटीलाई निस्क्रिय राख्न नसकिने भएकाले नयाँ कमिटी बनाउन निर्देशन दिएको थियो ।
समितिमा पोखरा महानगरपालिकाबाट प्रदीप गुरुङ, मादी गाउँपालिकामा उमेश गुरुङ, रुपा गाउँपालिका सुजन श्रेष्ठ, माच्छापुछे गाउँपालिकामा दलबहादुर लामिछाने, अन्नपूर्ण गाउँपालिकामा शिव सुवेदी, महिला सदस्यमा निर्वाचन क्षेत्र नं. १ मा करिया बराल, निर्वाचन क्षेत्र नं. २ मा रिना थापा, निर्वाचन क्षेत्र नं. ३ मा सुवानी पौडेल सदस्य रहने गरी कास्कीको सम्मेलन आयोजक कमिटी बनेको महासचिव सुजन पुरीद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।
तपाईको प्रतिक्रिया