पोखर १२ का स्कुलमा संस्कार शिक्षा

समाधान संवाददाता २०८१ जेठ ६ गते १६:४०

पोखरा ।
पोखरा महानगरपालिकाले वडा नं. १२ ले पनि आफ्नो क्षेत्रभित्रका सामुदायिक विद्यालयमा संस्कार शिक्षा पाठ्यक्रम लागू गर्ने भएको छ । वडाका सबै सामुदायिक विद्यालयमा कक्षा ७ र कक्षा ११ मा संस्कार शिक्षा लागू गर्न लागिएको हो ।

Advertisement


पूर्वीय दर्शनका अध्यता तथा व्याख्याता डा केएन स्वामीले तयार पारेको संस्कार शिक्षा पोखरा महानगरपालिकाबाहेक अन्य केही स्थानीय तहले लागू गर्ने तयारी गरिरहेका छन् । अमरसिंह माविले यही शैक्षिक सत्रदेखि संस्कार शिक्षा सुरु गरेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।


पहिलो चरणमा कक्षा ७ र ११ मा संस्कार शिक्षा लागू गर्न लागिएको छ । निजी विद्यालयमा पनि संस्कार शिक्षा लागू गर्ने भनेर गृहकार्य भइरहेको वडाध्यक्ष सन्तोष बास्तोलाले जानकारी दिए । ‘हाम्रो संस्कार, संस्कृति, परम्परा र माटो संरक्षणसँगै पुस्तान्तरण गर्नु पनि हाम्रो कर्तव्य हो,’ वडाध्यक्ष बास्तोलाले भने ।


यसै शैक्षिक सत्रदेखि संस्कार शिक्षा लागू गर्नका लागि पोखरा महानगरपालिका वडा नं. १२ का वडाध्यक्ष बास्तोला र डा केएन स्वामीबीच छलफलसमेत भएको थियो । छलफलले चालु शैक्षिक सत्रदेखि नै संस्कार शिक्षा लागू गर्ने गरी गृहकार्य अघि बढाएको हो ।


पोखरा १२ मा ३ सामुदायिक विद्यालय छन् । यी विद्यालयमा ४ हजार ३ सयभन्दा बढी विद्यार्थी छन् ।

Advertisement

तपाईको प्रतिक्रिया