प्रधानमन्त्री दाहालले पाए विश्वासको मत, पक्षमा १५७ र विपक्षमा शून्य मत

समाधान संवाददाता २०८१ जेठ ७ गते १३:०७

पोखरा ।

Advertisement

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत पाएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका विपक्षी दलको नाराबाजीका बिचमा प्रधानमन्त्रीले विश्वासको मत पाएका थिए । यही कार्यकालमा उनले चौथो पटक विश्वासको मत पाएका हुन् ।

प्रधानमन्त्रीले मागेको विश्वासको मतको पक्षमा १५७ मत परेको छ भने विपक्षमा शून्य मत परेको छ । संसदमा मत विभाजन भैरहेको बेलामा विपक्षीहरुले राेष्ट्रम घेरेर नाराबाजी गरिरहेका थिए । मतदानमा १५८ जना सहभागी थिए ।

मतदानमा सहभागी मध्ये १ जनाले कसैलाई पनि मत नदिने पक्षमा मत विभाजन गरेका थिए ।

प्रधानमन्त्रीले विश्वासको मत पाए लगत्तै सभामुखले आजको बैठक सकिएको घोषणा गरेका छन् । सदनको अर्को बैठक भाेलि विहान ११ बजेका लागि बाेलाइएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया