मुख्यमन्त्री अधिकारी विरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा
समाधान संवाददाता
२०८१ जेठ ८ गते १७:१३

पाेखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीविरुद्ध दायर रिट ‘हेर्दाहेर्दै’मा राखिएको छ । मंगलबार सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले उक्त रिट ‘हेर्दाहेर्दै’ मा राखेको हो ।
नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले मुख्यमन्त्री अधिकारीले लिएको विश्वासको मतमा प्रश्न उठाउँदै सर्वोच्चमा रिट दायर गरेका थिए ।
सभामुख बाहेक मतदानमा भाग लिने प्रदेश सभा सदस्यका कुल संख्या ६० भएको हुँदा बहुमतका लागि ३० होइन ३१ नै चाहिने कांग्रेसको भनाइ छ । साेही तर्क राख्दै कांग्रेसले रिट दायर गरेकाे हाे ।
नेता पाण्डेले विश्वासको मत लिन सभामुखको दुरुपयोग भएको कांग्रेसको तर्क छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया