जिबी राई रविकै कार्यकालमा पक्राउ पर्छन्ः प्रसाईं

लेखनाथ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सहप्रवक्ता रमेश प्रसाईंले सहकारी ठगी प्रकरणका एकजना मुख्य अभियुक्त जिबी राई रवि लामिछाने गृहमन्त्री भएकै समयमा पक्राउ पर्ने बताएका छन् ।
पोखरा महानगरपालिका वडा नम्बर २९ को प्रथम अधिवेशन उद्घाटन समारोहमा प्रसाईंले सहकारी पीडितका समस्यलाई समाधान गर्न जिबी राईलाई पक्राउ गर्नै पर्ने बताए । ‘जिबी राईबाट सहकारीका सेयर सदस्यभन्दा रवि लामिछाने अझ बढी पीडित भएकाले रवि गृहमन्त्री भएकै समयमा पक्राउ पर्ने ठोकुवा गर्छु,’ उनले भने ।
सत्ता समीकरण फेरिएपछि छटपटिएको कांग्रेसले केवल रविका नाममा मात्र संसदीय समिति गठन गर्नुपर्ने बखेडा निकालेर राज्यलाई अनिर्णको बन्दी बनाएको प्रसाईंले बताए । ‘यसको हिसाबकिताब जनताले २०८४को निर्वाचनमा सावाँ र ब्याजसहित देखाइदिने छन्,’ उनले भने ।
राष्ट्रिय स्वतन्त्र पार्टीमात्र नभई भ्रष्टाचार निवारणका लागि अभियानसमेत भएकाले आम नेपाली जनतामा रहेको आशा र भरोसालाई साकार रुप दिन भ्रष्टाचारलाई जरैदेखि उखेल्न जनताको साथ अनिवार्य रहेको प्रसाईंले औंल्याए ।
रास्वपा पोखरा महानगरपालिका वडा नम्बर २९ का सभापति प्रभात पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीयहरुको तर्फबाट जंगबहादुर गुरुङ, गण्डकी प्रदेशका सभापति राजन गौतम, कास्की जिल्ला सहसंयोजक राजु राई, गण्डकी प्रदेश संगठन विभागका सचिव एकराज न्यौपाने, पोखरा महानगरपालिका सभापति नारायण आचार्य, क्षेत्र नम्बर १ का उपसभापति उषा मगर, महानगर सचिव सम्राट बराल र वडा नम्बर २९ की उपसभापति गंगाबहादुर परियार लगायतले पार्टीको अभियानका बारेमा स्पष्ट नीति आउनुपर्ने सmुझाव राखेका थिए ।
भेलाले प्रभात पौडेललाई सर्वसम्मत रुपमा सभापतिमा चयन गरेको छ । समितिको उपसभापतिमा गंगाबहादुर परियार र सदस्यहरुमा योगेन्द्र गुरुङ, शान्ति सार्की, तुल बहादुर कुमाल, सीतामाया आले, पूनम नेपाली, रवि रानाभाटर सुमित्रा विक छन् ।
तपाईको प्रतिक्रिया