मुख्यमन्त्री अधिकारीको विश्वासको मतविरुद्ध रिटमाथि आज सुनुवाइ हुँदै

पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीविरुद्धको दायर भएको भएको रिटमा सर्वोच्च अदालतमा सोमबार सुनुवाइ हुँदैछ । न्यायाधीश कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासमा रिटको पेशी तोकिएको छ ।
मुख्यमन्त्री अधिकारीले पाएको विश्वासको मत बदर गरी आफूलाई ठूलो दलको हिसाबले मुख्यमन्त्रीमा नियुक्त गर्न माग गर्दै पूर्वमुख्यमन्त्री सुरेन्द्र पाण्डेले सर्वोच्चमा रिट दायर गरेका थिए ।
यसअघि जेठ ९ गतेको इजलासमा दुवै पक्षका कानुनी व्यवसायीहरूको बहस सकिएको थियो । आज जवाफी बहस हुनेछ। जवाफी बहस सकिएपछि आजै फैसला आउने संभावना छ ।
मुख्यमन्त्री अधिकारीले प्रदेश सभामा राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ३० मत र विपक्षमा २७ मत खसेको थियो ।
मतदानपछि सभामुख कृष्ण प्रसाद धितालले संविधान र सर्वोच्चको फैसला अनुसार आफूले पक्षमा मतदान गर्ने बताउँदै अधिकारीको पक्षमा बहुमत प्राप्त भएको घोषणा गरेका थिए ।
अधिकारीको नियुक्ति असंवैधानिक भन्दै गण्डकी कांग्रेसका संसदीय दलका नेता एवं निर्वतमान मुख्यमन्त्री पाण्डेले सर्वोच्चमा रिट दायर गरेका थिए । तर, अदालतले उक्त रिट खारेज गरिदिएको थियो ।
तपाईको प्रतिक्रिया