मुख्यमन्त्री अधिकारीले लिएको विश्वासको मत बदर, ढल्यो सरकार

समाधान संवाददाता २०८१ जेठ १४ गते १९:४०

पोखरा ।

Advertisement

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मतविरुद्ध पूर्वमुख्यमन्त्री सुरेन्द्र पाण्डेले हालेको रिट जारी हुने आदेश सर्वोच्च अदालतले गरेको छ । आज न्यायाधीशद्वय कुमार रेग्मी र सुनील पोखरेलको इजलासले रिट जारी हुने आदेश गरेको हो । त्यसको मतलब अधिकारीले लिएको विश्वास मत बदर भएको छ ।

६० सदस्यीय प्रदेश सभाका ३० जनाबाट प्राप्त मत बहुमत नहुने सर्वोच्चको फैसला हो । अब संविधानको धारा १६८ को ३ अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलको नेतालाई मुख्यमन्त्री हुने बाटो खुलेको छ ।

अधिकारीले प्रदेश सभाबाट २३ गते विश्वासको मत लिएका थिए । त्यस विरुद्ध पाण्डेले रिट हालेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया