मुख्यमन्त्रीमा पाण्डेको नियुक्ति भोलि

पोखरा ।
नेपाली कांग्रेसका संसदीय नेता सुरेन्द्रराज पाण्डेलाई गण्डकी प्रदेश प्रमुखले बुधबार मुख्यमन्त्रीमा नियुक्त गर्ने भएका छन् । सोमबार खगराज अधिकारीको नियुक्तिलाई बदर गर्दै सर्वाेच्च अदालतले पाण्डेलाई ४८ घन्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको हो ।
पाण्डेको नियुक्ति संविधानको धारा १६८ को उपधारा ३ बमोजिम हुनेछ । उक्त उपधारामा प्रदेश सभामा सबैभन्दा ठूलो दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्न सकिने व्यवस्था छ ।
अदालतले ६० सदस्यीय प्रदेशसभामा अधिकारीले पाएको ३० मत बहुमत नभएको ठहर गर्दै नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डे संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नियुक्त मुख्यमन्त्री अधिकारी आदेशपछि पदमुक्त भएका हुन् ।
२ महिना नपुग्दै दोस्रोपटक मुख्यमन्त्री बन्न लागेका पाण्डेले विश्वासको मत लिन भने चुनौती छ । यसअघि केन्द्रमा सत्ता गठबन्धन परिवर्तन भएपछि मुख्यमन्त्री पाण्डेले पदबाट राजीनामा दिएका थिए ।
२७ सिट रहेको नेपाली कांग्रेस सबैभन्दा ठूलो दल हो । कांग्रेसलाई बहुमत पुर्याउन राप्रपा र एक स्वतन्त्र सांसदको समर्थनले पनि पुग्दैन । राप्रपा र स्वतन्त्रको समर्थन पाउँदा पाण्डेको पक्षमा ३० सांसद हुने देखिन्छ ।
तपाईको प्रतिक्रिया