मुख्यमन्त्रीको पत्र बुझ्न सुरेन्द्रराज पाण्डे प्रदेश प्रमुख कार्यालयमा

समाधान संवाददाता २०८१ जेठ १६ गते १४:३२

पोखरा ।

Advertisement

नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे केही बेरमै गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त हुँदैछन् ।

सर्वोच्च अदालतको आदेश बोकेर नेता पाण्डे प्रदेश प्रमुख डिल्लीराज भट्टको कार्यालयमा पुगेका छन् । प्रदेश प्रमुखको कार्यालयमा उनलाई मुख्यमन्त्री नियुक्त गरिएको पत्र बन्दै छ भने पाण्डे पत्रको पर्खाइमा त्यही बसिरहेका छन् ।

तपाईको प्रतिक्रिया