गण्डकीमा सत्ता संकट
मनाङेद्वारा मन्त्री बन्न अस्विकार, भने– ३० पुग्नुहोस्, ३१ पुर्याउन आउँछु

पोखरा ।
नेकपा एस प्रवेश गरेका भनिएका गण्डकी प्रदेश सभामा स्वतन्त्र जितेका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दिएकाे मन्त्री बन्ने प्रस्ताव अस्वीकार गरेका छन् ।
स्रोतका अनुसार मुख्यमन्त्री पाण्डेले आजै आफुसँगै मनाङेलाई पनि उनकै रोजाइको मन्त्रालय भाैतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग मन्त्रालय कै जिम्मेवारी दिएर भए पनि सपथ खुवाउन चाहेका थिए ।
मनाङे निकट स्रोतले भन्यो–दाइलाई प्रस्ताव आएको हो, तत्काल आउन्न भनिदिनु भयो ।
उक्त स्रोतको दावी अनुसार मध्यावधि निर्बाचन टर्ने सवालमा भने मनाङेले जसलाई पनि सहयोग गर्न सक्छन् । तपाईहरु ३० पुग्नुहोस्, ३१ पुर्याउन आउछु भनेर दाइले जवाफ दिनु भएकाे छ–स्रोतले भन्यो ।
पाण्डेले विश्वासको मत पाउने बेलामा ३० जना सांसदको समर्थन पुर्याए भने मात्र मनाङेले उनलाई साथ दिने नत्र सरकारमा सहभागी नहुने रणनीति अपनाएका छन् ।
तपाईको प्रतिक्रिया