कास्कीका विन्दु थापा मन्त्री बन्दै,सामाजिक विकास मन्त्रालयको जिम्मेवारी

समाधान संवाददाता २०८१ जेठ १६ गते १६:३५

पोखरा ।

Advertisement

नेपाली कांग्रेस कास्कीका नेता विन्दुकुमार थापा गण्डकी प्रदेश सरकारको मन्त्री बन्दै छन् । थापा कास्की निर्बाचन क्षेत्र नम्बर २ ख बाट प्रत्यक्ष निर्बााचित सांसद हुन् ।

स्रोतका अनुसार मुख्यमन्त्री पाण्डेले सांसद थापालाई पाेखरा सभागृहमा मन्त्रीको सपथ खाने गरी पाँच बजे उपस्थित हुन सूचना दिइसकेका छन् ।

पोखरा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका थापालाई बजेट बनाउने बेलामा सहयोग लिने गरी मुख्यमन्त्री पाण्डेले मन्त्री बनाउन लागेको स्रोतले दावी गर्‍यो ।

सांसद थापाले पनि आफूलाई खबर आएकाले सपथ ग्रहणस्थलमा जान लागेकाे समाधानलाई बताए ।

Advertisement

तपाईको प्रतिक्रिया