गण्डकीमा नयाँ सरकार
आज ३ जनाको मात्र सपथ, विन्दुलाई सामाजिक विकास र टकराजलाई अर्थ मन्त्रालयको जिम्मेवारी
समाधान संवाददाता
२०८१ जेठ १६ गते १६:५५

पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले २ जना मन्त्रीसहित पद तथा गाेपनीयताकाे सपथ लिने भएका छन् ।
उच्च स्रोतका अनुसार उनले लमजुङका डाक्टर टकराज गुरुङलाई अर्थमन्त्री र कास्कीका विन्दुकुमार थापालाई सामाजिक विकास मन्त्री बनाउन लागेका छन् । बाँकी मन्त्रालय आफुसँगै राख्दै तीन सदस्यीय मन्त्रिमण्डल गठनको पत्र मुख्यमन्त्रीले प्रदेश प्रमुखको कार्यालयमा पठाएकाे स्रोतले समाधानलाई बतायो ।
नवनियुक्त मुख्यमन्त्री पाण्डेलाई असार १ मा बजेट ल्याउनै पर्ने संवैधानिक बाध्यता छ । त्यसैले उनले दुई ठुला मन्त्रालयमा मन्त्रीहरु तोकेका छन् ।
पर्यटनविद् टकराजले पर्यटन क्षेत्रमा विद्यावारिधि गरेका छन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया