एमाले पोखरा कमिटीको अधिवेशनमा मतदान सुरु
समाधान संवाददाता
२०८१ जेठ २१ गते ११:०३

पोखरा ।
नयाँ नेतृत्व चुन्न भइरहेको नेकपा एमाले पोखरा महानगर कमिटीको अधिवेशनमा मतदान सुरु भएको छ । सोमबार बिहान ७ बजेदेखि सुरु भएको मतदानमा २ सय ६३ मतदान भएको बताइएको छ । मतदान दिउँसो १२ बजेसम्म चल्नेछ ।
मतदान सम्पन्न भएपछि लगत्तै मतगणना गरिनेछ भने मतपरिणाम पनि आजै सार्वजनिक गरिनेछ । विजयीलाई प्रमाणपत्र हस्तान्तरण र सपथ ग्रहण पनि सोमबारै हुनेछ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया