एमाले पोखरा कमिटीमा जीवन आचार्य विजयी
समाधान संवाददाता
२०८१ जेठ २१ गते १४:४०

पोखरा ।
नेकपा एमाले पोखरा महानगर कमिटीमा जीवनप्रसाद आचार्य विजयी भएका छन् । उनले दिपक पौडेललाई पराजित गरेका हुन् ।
उनले २ सय ७७ मत प्राप्त गरे भने पौडेलले २ सय १० मत पाए ।
बिहान ८ बजेपछि सुरु भएको मतदान साढे १२ बजेतिर सकिएको थियो । मतदानका लागि २४ वटा विद्युतीय मतदान मेसिन राखिएको थियो ।
४ सय ९८ मतदाता रहेका ४ सय ८८ मत खसेको निर्वाचन समितले जनाएको छ ।
महानगरमा हुने १ सय १ पदमध्ये निर्वाचन हुने ८७ मध्ये २२ जना सदस्य निर्विरोध भइसकेका छन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया