तमु सांस्कृतिक प्रतिष्ठानद्वारा छात्रवृत्ति परीक्षा

समाधान संवाददाता २०८१ जेठ २३ गते ११:४५

पोखरा ।
तमु सांस्कृतिक प्रतिष्ठान नेपालद्वारा सञ्चालित गरिव तथा जेहेन्दार विद्यार्थीलाई ‘छात्रवृत्ति वितरण’ कार्यक्रमका लागि ५ केन्द्रमा ७ जिल्लाका लागि छनोट परीक्षा सम्पन्न भएको छ । जेठ १५ गते तनहुँ, लमजुङ र गोर्खामा तथा १९ गते, शनिबार चितवन र नवलपरासीमा परीक्षा सञ्चालन गरिएको थियो ।

Advertisement


संस्थाका अध्यक्ष चित्रबहादुर तमुको नेतृत्वमा लमजुङमा परीक्षा सञ्चालन भएको थियो । परीक्षामा १८ जना विद्यार्थीको सहभागिता थियो ।

संस्थाका द्वितीय उपाध्यक्ष डमरबहादुर तमुको नेतृत्वमा तनहुँको दमौलीमा भएको परीक्षामा १७ जना विद्यार्थी सहभागी भए । सह–सचिव भेषबहादुर तमुको नेतृत्वमा गोर्खामा परीक्षा भएको थियो । त्यहाँ ३४ जना विद्यार्थी परीक्षामा सहभागी भए ।


प्रतिष्ठानका प्रथम उपाध्यक्ष एवं कार्यक्रम संयोजक श्रीजङ तमुको नेतृत्वमा चितवन भरतपुरमा र द्वितीय उपाध्यक्ष डमर तमुको नेतृत्वमा नवलपरासीको सुनवलमा परीक्षा भएको थियो । चितवनमा ४१ जना तमु विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।


प्रतिष्ठानका नवलपरासी संयोजक, आजीवन सदस्य एवं तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदका केन्द्रीय सदस्य पुरन तमुले नवलपुर, नवलपरासी र रुपन्देहीका तमु विद्यार्थीहरुलाई परीक्षामा सहभागी गराउन समन्वय र व्यवस्थापन गरेका थिए ।

Advertisement

नवलपरासीको सुनवल केन्द्रमा १७ जना विद्यार्थी सहभागी भएका थिए । परीक्षाको नतिजा जतिसक्दो चाँडै प्रकाशन गरेर असार मसान्तभित्र नै छात्रवृत्ति वितरण गर्ने प्रतिष्ठानका अध्यक्ष चित्रबहादुर तमुले जानकारी दिए ।

तपाईको प्रतिक्रिया