माछापुच्छ्रे गाउँपालिकामा अभिभावक शिक्षा कार्यक्रम

समाधान संवाददाता २०८१ जेठ २३ गते १७:२४

पोखरा ।
माछापुच्छ्रे गाउँपालिका, शिक्षा युवा तथा खेलकुदको आयोजना तथा राइट फर चिल्ड्रेनको सहकार्यमा गाउँपालिकाका सम्पूर्ण सामुदायिक विद्यालयहरुमा अभिभावक शिक्षा कार्यक्रम भएको छ ।

Advertisement


जेठ ९ गते सुरु कार्यक्रम २१ गते गाउँपालिकाको सभाहलमा समापन गरिएको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख सम्झना पोखरेलले जनाकारी दिइन् । कार्यक्रम सञ्चालनका लागि त्रिभुवन विश्वविद्यालयका सह प्राध्यापक विष्णुप्रसाद पोखरेले सहजीकरण गरेका थिए ।


१० वटा माध्यामिक विद्यालय, २८ वटा आधारभूत वटा केन्द्रबिन्दु बनाएर अभिभावक, शिक्षक, जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सघंका समिति तथा सम्बन्धित विद्यालयहरुको शैक्षिक व्यक्तित्वहरुको उपस्थितिमा कार्यक्रम भएको हो ।

तपाईको प्रतिक्रिया