कास्की मोडर्नाइज्डमा हाजिरीजवाफ प्रतियोगिता
समाधान संवाददाता
२०८१ जेठ ३० गते १२:४९

पोखरा ।
कास्की मोर्डनाइज्ड एकेडेमीमा मंगलबार हाजिरी जवाफ प्रतियोगिता भएकाे छ । कार्यक्रमको सभापतिमा विद्यालयका मावि तहका सुपरभाइजर मिलन तिमिल्सिना थिए ।
विद्यालयका संस्थापक प्राचार्यले हाजिरी जवाफले मानिसको मन र मस्तिस्कको क्षमतालाई बढाउँने साथै यस्ता व्यक्ति हरेक क्षेत्रमा सफल हुने बताए ।
प्रतियोगिता जुनियर २देखि ७ कक्षा र सिनियर ८देखि १० कक्षा गरी दुई तहमा सञ्चालन गरिएकाे थियाे । जुनियरतर्फ प्रथम द्वितीय र तृतीय क्रमशः निलो, हरियो, रातो सदन भएकाे थियाे भने सिनियरतर्फ प्रथम, द्वितीय र तृतीय क्रमशः हरियो, सेतो, निलो सदन भएकाे थियाे । विजयीलाई ट्रफी, प्रमाणपत्र र अविर लगाएर सम्मान गरिएको थियो ।
कर्याक्रमको सञ्चालन शैक्षिक प्रमुख शिवु ढकालले गरेका थिए।
सम्बन्धित
तपाईको प्रतिक्रिया