एइसिसी ग्लोबल एजुकेसन फेयर असार ३ गते

पोखरा ।
शैक्षिक परामर्श संस्था एइसिसी ग्लोबलले असार ३ गते अर्थात जुन १७ तारिखमा एइसीसीको ग्लोबल एजुकेसन फेयर गर्ने भएको छ । उक्त दिन बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म उक्त शैक्षिक मेला हुन लागेको हो । एइसिसी ग्लोबलको पोखरा कार्यालय पोखरा ट्रेड मल चिप्लेढुंगामा छ ।
संयुक्त राज्य अमेरिका, बेलायत, न्युजिल्यान्ड र अस्ट्रेलियामा शैक्षिक अवसरहरू खोजिरहेका विद्यार्थीलाई परामर्श दिने उद्देश्यले मेला हुन लागेको हो । ‘यो एजुकेसन फेयर विश्वभरका शीर्ष विश्वविद्यालयहरू र कलेजहरूका प्रतिनिधिहरूलाई एकै ठाउँमा भेट्ने अवसर हो,’ एइसिसी ग्लोबलका रवि बर्नवालले भने, ‘प्रतिष्ठित विश्वविद्यालय र कलेजका प्रतिनिधिहरूसँग प्रत्यक्ष अन्तत्र्रिmया गर्ने अवसर हुने छ ।’
प्रश्नहरू सोध्ने, सल्लाह खोज्ने र उनीहरूले प्रस्ताव गर्ने कार्यक्रमहरू र पाठ्यक्रमहरूको बारेमा विस्तृत जानकारी संकलन गर्न फेयर उपयोगी हुने बर्नवालले जनाएका छन् । विश्वविद्यालयहरूले अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि छात्रवृत्ति प्रस्तावसमेत गर्ने उनले सुनाए । सबै सहभागीहरूले एइसिसीको आइएलटिए/पिटिई कक्षाहरुमा ५० प्रतिशत छुट पाउने भएका छन् ।
तपाईको प्रतिक्रिया