हिल प्वाइन्टमा हाजिरी जवाफ
समाधान संवाददाता
२०८१ असार ३ गते ११:२४
पोखरा ।
पोखरा १२ माटेपानीस्थित हिल प्वाइन्ट माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार सम्पन्न कार्यक्रममा पोखरा महानगरभित्रका १५ विद्यालय सहभागी भएका थिए ।
पोखरा महानगरका १९ स्कुलहरुको समूह सेफद्वारा आयोजित कार्यक्रममा बालप्रभात माविले प्रथम स्थान हासिल गरेको थियो ।
सोसल पब्लिक द्वितीय स्थान तथा हिल प्वाइन्ट मावि तृतीय भएका थिए । कार्यक्रममा जेसिए स्कुलले सान्त्वना पुरस्कार प्राप्त गरेको थियो ।
शिक्षक नारायण सापकोटाले सञ्चालन गरेको उक्त कार्यक्रममा विभिन्न चरणहरु पार गरेका उत्कृष्ट विद्यालय हरु छनोट गरी विजेता निर्धारण गरिएको थियो । कार्यक्रममा कक्षा ९ र १० मा अध्ययनत बालबालिकाहरुले भाग लिएका थिए ।
कार्यक्रममा कास्की प्याब्सनका अध्यक्ष मथुराप्रसाद पौडेल उपस्थित थिए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया