पाेखरा महानगरले गरिबलाई पानी, बिजुली निःशुल्क दिने

समाधान संवाददाता २०८१ असार ९ गते १६:४१

पाेखरा ।

Advertisement

पाेखरा महानगरपालिकाले गरिबिको रेखामुनि रहेकाहरुलाई स्वास्थ्य बिमा र पानी, बिजुली निःशुल्क गर्ने भएकाे छ । आइतबार मेयर धनराज आचार्यले आर्थिक वर्ष २०८१/०८२ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्ताे बताएका हुन् ।

सर्वेक्षणको आधारमा पहिचान भएका गरिबिको रेखामुनि रहेकाहरुलाई स्वास्थ्य बिमा, पानी बिजुलीको न्यूनतम महसुल निःशुल्क हुने व्यवस्था मिलाइने उनले बताए ।

मानव विकासको सुचकाङकको दृष्टिले पछाडि परेका दलित, आदिवासी, जनजाति आदि लक्षितवर्ग र समुदायको हितको लागि आवश्यक कार्यक्रमहरू सञ्चालन गरिने उनकाे भनाइ छ । तथ्याङक अनुसार गरिवीको रेखामुनि रहेका ५९४८ घरधुरी लक्षित विशेष कार्यक्रम समेत सञ्चालन गरिने आचार्यले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया