
पोखरा ।
इन्जिनियरिङ, फरेष्ट्री, लगायतका विभिन्न प्राविधिक विषय पढ्नु अझैपनि जो कोहिको बलबुताभित्र छैन । यस्ता विषय पढ्न अन्य सामान्य विषयभन्दा बढि खर्चीलो त छँदैछ , मिहिनेत र लगाव पनि पनि उत्तिकै खाँचो हुनेहुँदा निम्न आयस्रोत भएका र कम जेहेन्दार विद्यार्थीको यस्ता विषय प्रति ध्यान गएको पाइँदैन ।
अर्कोतिर, उचित आयस्रोतको अभावले चाहेर पनि कति विद्यार्थीहरु प्राविधिक शिक्षाबाट बंचीत हुनुपरेको विभिन्न तथ्यांकहरुले देखाएका छन् । झन उसैमाथि परम्परागत मुल्यमान्यता र भेदभावजन्य दृष्टिकोणले महिलाले यस्तो शिक्षा तुलनात्मक रुपमा कम नै दिइएको पाइन्छ । यहि सन्दर्भमा, गरिव तथा जेहेन्दार छात्राहरुलाइ लक्षीत गर्दै पोखरा महानगरपालिकाले यहि नयाँ आर्थीक वर्षदेखि विशेष व्यवस्था कार्यन्वयन गर्ने तयारी गरिरहेको छ ।
यसका लागि महानगरपालिकाले सामुदायिक विद्यालयबाट एसइइ उतिर्ण छात्राहरुलाइ निशुल्क प्राविधिक शिक्षा दिने घोषणा गरेको छ । पोखरा महानगपालिकाको अस्ती आइतबार सम्पन्न नगरसभाले नयाँ आ.व का लागि बनाएको आफ्नो निति तथा कार्यक्रममा यो सुविधा सुनिश्चत गरेको छ ।
यस अन्तर्गत विद्यार्थीहरुले महानगरपालिकाबाट संचालित गण्डकी बहुप्राविधिक शिक्षालय मा अध्यापन गराइने लामो तथा छोटो अवधीका करिव एक दर्जन प्राविधीक धारका विषय निशुल्क अध्ययन गर्न पाउने छन् । रोजगारमूलक तथा व्यवहारिक शिक्षामा महिलालाइ प्रोत्साहन गर्ने उद्देश्यले गरिव तथा जेहेन्दार छात्राहरुलाइ लक्षीत गर्दै निशुल्क प्राविधिक शिक्षा दिन लागिएको हो ।
गण्डकी बहुप्राविधिक शिक्षालयका निर्देशक लक्षमण तिमिल्सनाका अनुसार, जेहेन्दार भएर पनि आर्थीक अवस्था र सामाजीक मान्यताका कारण प्राविधिक शिक्षाको अवसरबाट बंचित हुनुपर्ने बाध्यता कुनै छात्रालाइ नहोस भन्ने स्थानीयसरकारको मान्यता हो ।
पोखरा महानगरपालिकाबाट करिव चार वर्ष अघि देखि संचालित गण्डकी बहुप्राविधिक शिक्षालयमा पछिल्लो क्रममा बिद्यार्थीको चाप बढ्दो छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सिटिइभिटीसँगको सहकार्यमा यहाँ रोजगार केन्द्रित बिभिन्न करिव एक दर्जन प्राविधिक विषयहरु पढाइहुँदै आएको छ ।
अन्य क्याम्पसभन्दा यहाँ करिव आधाभन्दा बढी सस्तो शुल्क हुने र पढाइ पछि जबमार्केटमा छिर्ने दरपनि बढ्दो क्रममा भएको शिक्षालयले जनाएको छ । गण्डकी बहुप्राविधिक शिक्षालयमा डिप्लोमा तहको सिभिल इन्जिनियरिङ, जियोम्याटिक्स इन्जिनियरिङ,फरेष्ट्री, औद्योगीक प्रशिक्षार्थी तालिम, बिल्डीङ कन्स्ट्रक्सन र प्रि डिप्लोमा तह अटोमोवाइल लगायतका विषय पढाइ हुन्छ । पोखरा महानगरपालिका भित्रका सामुदायिक विद्यालयबाट एसइइ उतिर्ण छात्राका लागि निशुल्क शिक्षाको सुविधा महानगरपालिकाले ल्याएको हो ।

स्मीता अधिकारी
अधिकारी दी राइजिङ नेपाल डेलीकी पोखरा संवाददाता हुन् ।
तपाईको प्रतिक्रिया