गोल्डेन नेचरमा वक्तृत्वकला
समाधान संवाददाता
२०८१ असार १२ गते १७:१५
पोखरा ।
पोखरा महानगरपालिका, वडा नं. ३०, खुदी–ढुंगेपाटनमा अवस्थित गोल्डेन नेचर बोर्डिङ स्कुलले कक्षा १ देखि ३ सम्म अध्ययनरत विद्यार्थीबिच नेपाली वक्तृत्वकला प्रतियोगिता गरेको छ ।
विद्यार्थीमा रहेको प्रतिभा प्रष्फुटन साथै वक्तृत्वकलामा थप निखार ल्याउने उद्देश्यले आयोजित प्रतियोगितामा इश्नुसा सुवेदी प्रथम, समर्पण बराल र सम्बृद्धि बोहरा द्वितीय, संस्कृति आचार्य र आकांक्षा मल्ल तृतीय बने ।
सशा थापा र अग्रता कँडेलले सान्त्वना स्थान हाँसिल गरे । कार्यक्रमको संयोजन शिक्षकद्वय प्रभा तिमिल्सेना र बिन्दु रानाभाटले गरेका थिए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया